Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

व्रतालुलाई छठका पूजन सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
A A
6
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १९ कात्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लोकआस्थाको छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको भन्दै सूर्योपासना सृष्टि पूजनसँगै जीवन दर्शन भएको बताएका छन् ।

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री सिँहले जीवनलाई आधार दिने विशाल, उर्वर, समथर र सिँचित भूभाग तथा सूर्य किरणबाट सिर्जित कृषि प्रणाली, शुद्धता र पवित्रतायुक्त लोकव्यवहार, धनीगरीब, उँचनिचलगायत सबै खाले भेदभावविरुद्ध समभाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्त्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको औंल्याए ।
उनले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजासामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा आयोजक संस्थाको सराहना समेत गरे ।

’व्यक्ति आफूमा निहित अहंकार र अस्पृश्यताको भाव पखाल्न माग्ने भाकल पुरा गर्ने पर्व पनि हो यो । अर्थात् सरलता र सादगीका साथ जीवनयापन गर्ने संकल्प लिने अवसर पनि,’ मुख्यमन्त्री सिँहले भने ।

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ठ रहेको भन्दै यसलाई थप आकर्षक बनाउन विभिन्न पर्वतिहारलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइप्रति सचेतना आवश्यक रहेको बताए ।
‘प्रदेश सरकारसँग समन्वय गरेर हामीले जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने भएका छौँ । यसले जनकपुरधामलाई सफा बनाउने सन्दर्भमा आशातीत सुधार हुनेछ,’ मेयर साहले भने ।

जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहले छठ पर्वको सनातन महत्त्वबारे चर्चा गर्दै पछिल्ला दिनमा यसको विस्तार भइरहेको बताए ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सय जना छठका व्रतालु महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ कार्तिक १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद