Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

अनुदानमा बिउ किनेर रोपेको धानमा दाना नलागेपछि किसान मारमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
A A
file photo

file photo

2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, कात्तिक ७ गते । अनुदानमा बिउ किनेर रोपेको धानमा दाना नलागेपछि सर्लाहीका किसान मारमा परेका छन् ।

लालबन्दी नगरपालिका र बागमती नगरपालिकाका किसानले लगाएको साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो । यो धानको बिउ नगरपालिकाले खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाटै देशभरका पालिकालाई सिफारिस भएर आएको साँवा मन्सुली सव–१ जातको धानको बिउ लालबन्दी र बागमती नगरपालिकाले सहकारी संस्था, कृषक समूह र किसान स्वयम्लाई वितरण गरेको थियो ।

धानमा दाना नलागेपछि राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा र बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, काठमाडौँबाट कृषि प्राविधिकको टोली आएर स्थलगत निरीक्षण गरी फर्किएको छ ।

निरीक्षणमा आएका राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका प्राविधिक अधिकृत परमानन्द शर्माले धान पसाउने बेला असोज पहिलो साता केही दिन तापक्रम अत्यधिक बढेको र त्यसपछि तीन दिनसम्म अविरल वर्षा भएका कारण मौसम अनुकूल नहुँदा धानमा दाना नलागेको बताउनुभयो । धान पसाउने बेला ठुलो पानी परेर धानको फूल धोइदिएकाले राम्रोसँग परागसेचन हुन नपाएको बताउँदै उहाँले त्यसैले गर्दा धानमा दाना कम लागेको बताउनुभयो । साँवा मन्सुली सव–१ जातको धान १४५ दिन अर्थात् मङ्सिर पहिलो वा दोस्रो हप्तासम्ममा पाक्छ ।

लालबन्दी नगरपालिका–२, जुटपानीका किसान रामप्रसाद शिवाकोटी नयाँ जातको धान राम्रो फल्ने आसमा हौसिएर रोपे पनि अन्तिममा आएर धानमा दाना नै नलागेपछि छाँगाबाट खसे झैँ भएको बताउनुहुन्छ । शिवाकोटीले धान पसाउँदा नै कुहिएको जस्तो भएर पसाएको र तीन छिमल ९तीन पटक० धान पसाउँदै, बाला मर्दै गरेकाले अचम्मित भएको बताउनभुयो ।

लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान मोहन घिमिरेले पाँच कट्ठामा रोपेको साँवा मन्सुली सव–१ जातको धान पसाए पनि दाना नलागेर पगटा मात्रै रहेको बताउनुभयो । नगरपालिकाबाट अनुदानमा बाँडिएको धानको बिउमा दाना नलागेपछि जियाजोर क्षेत्रका किसानले क्षतिपूर्तिको माग गर्दै लालबन्दी नगरपालिकाको कृषि शाखामा सामूहिक रूपमा निवेदन दिएका छन् ।

लालबन्दीमा १० टन र बागमतीमा १३ टन धानको बिउ वितरण भएको पालिकाको कृषि शाखाले जनाएका छ । कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्नेसँगै कालो पोके र गवारोको प्रकोपसमेत देखिएकाले जिल्लामा धान उत्पादनमा कमी आउने देखिएको बताउनुभयो । उहाँले कृषि विज्ञसहितको टोली अनुगमन गरेर फर्किएको र टोलीले दिएको प्रतिवेदनका आधारमा स्थानीय, प्रदेश र सङ््घीय सरकारबाट पीडित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने जानकारी दिनुभयो ।

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले अघिल्ला वर्षमा अनुदानमा धानको बिउ वितरण गर्दा कुनै समस्या नआए पनि यस पटक समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार लालबन्दी नगरभित्र यो जातको धानमा ५० देखि ९० प्रतिशतसम्म दाना नलाग्ने समस्या देखिएको छ । सभार गोरखापत्र अनलाइन बाट लक्ष्मी सापकोटाले लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु
शिक्षा

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट
राष्ट्रिय

मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद