Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारलाई पैंतालिस लाख माला, साठी प्रतिशत स्वदेशकै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
A A
file photo

file photo

2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, कात्तिक ६ गते । यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला खपत हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा ३८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ४५ लाख गोटा माला खपत हुने अनुमान छ ।

तिहारमा उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने गर्छ । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुुर तामाङले तिहारका बेला आन्तरिक उत्पादनले ६० प्रतिशतसम्म माग धान्ने र ४० प्रतिशत आयात गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष मालाको माग १० प्रतिशतका दरले बढ्दै जाने उहाँले जानकारी दिनुभयो ।

पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ । व्यवसायीका अनुसार तिहारमा प्रतिगोटा सयपत्री माला ८० देखि एक सय रुपियाँसम्म पर्छ । तिहारमा नेपालबाट बेलायत अमेरिका, अस्टे«लियालगायतका मुलुकमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात पनि हुने तामाङले जानकारी दिनुभयो ।

तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । तिहारमा छिमेकी मुलुक भारतबाट सयपत्री मालाको आयात धेरै हुने गर्छ । गत असोजमा आएको बाढीपहिरोले १२ करोड रुपियाँ बराबरको पुष्पजन्य वस्तु नष्ट भएकाले पनि तिहारमा स्वदेशी उत्पादनले बजार माग धान्न कठिन हुने व्यवसायीको भनाइ छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । त्यस्तै देशभर एक हजार १७४ वटा नर्सरी सञ्चालनमा छन् । आठ अर्ब ८३ करोड लगानी रहेको पुष्प व्यवसाया ५१ हजारले रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०र८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात एक करोड दुई लाख रुपियाँको भएकोमा २७ करोड ७९ लाख रुपियाँको आयात भएको छ । पुष्प तथा पुष्पजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यून छ ।

गोदावरी फूलको प्रदर्शनी

बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा सत्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । तिहार लक्षित सो प्रदर्शनी हुन लागेको हो । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । तिहारको बेला प्रत्येक वर्ष प्रदर्शनी हुँदै आएको छ ।

प्रदर्शनीमा ७५ वटा प्रदर्शनी स्टल रहने छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सभार गोरखापत्रबाट पत्रकार लक्ष्मी सापकोटाले लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विद्यालयमाथि छानविन
मुख्य समाचार

नमूना विद्यालयको रुपमा २४ वटा सामुदायिक विद्यालयलाई विकास गरिने

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको अवसरमा शैक्षिक खेलौना प्रदर्शनी
मुख्य समाचार

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको अवसरमा शैक्षिक खेलौना प्रदर्शनी

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद