Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पाक्न लागेको धान बालुवाले भरिँदा किसान मर्कामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २३,बुधबार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी। पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।

सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ । उहाँले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताउनुभयो ।

“राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ”, उहाँले भन्नुभयो, “जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।”

उहाँका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन् । यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उहाँको भनाइ छ ।

स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताउनुभयो । “पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ । अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन ।”

यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो । स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताउनुभयो । यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु
शिक्षा

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट
राष्ट्रिय

मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट

प्रकाशित : २०८१ आश्विन २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद