Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

दैनिक आठ लाख घाटा , दुई महिनादेखि विद्युत उत्पादन बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २४,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), वैशाख २४ गते । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका(७ गुठी सूर्यपुरास्थित जलविद्युत केन्द्रको उत्पादन करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ ।

जलविद्युत केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।

जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक(मङ्सिर र चैत(वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।

तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन वटा टर्वाइन भएको जलविद्युत केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । यसै गरी गण्डक जलविद्युत केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद