Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, वैशाख २३ गते। लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार लामो खडेरीका कारण खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ।पानीका मुहान पनि सुक्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँका अनुसार लामो समयदेखि पानी नपर्दा यहाँका किसानले लगाएको हिउँदे बाली सुक्न थालेको गुनासो दिनदिनै सयौं किसानले कार्यालयमा आएर गर्न थालेको बताउनुभयो।

बाँके कोहलपुर ७ लखनाका किसान रामबहादुर थारुले लामो समयदेखि पानी नपर्दा आफुहरुले लगाएको अन्न बाली सुक्न थालेको गुनासो गर्नुभयो।

लामो समयदेखि पानी नपरेको हुँदा मौसम तातिरहेको र अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनाएकोले किसानले बारीमा मकै छर्न नपाएर छटपटाइरहेको खजुरा– ३ का किसान रविलाल कँडेलले बताउनुभयो ।

कोहलपुर ७ का किसान ठग्गा थारुका अनुसार मौसम परिवर्तन हुँदै गएर परेको खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको र बाली खेतबारीमा नै मर्न थालेपछि अधिकांश किसान के खाएर वर्षभर बिताउने भन्ने चिन्तामा रहेका छन् ।

लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबालले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार विशेष गरेर हिउँदे बालीनालीमा खडेरीले असर पुर्याएको छ भने खडेरीकै कारणले सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको छ।

बाँकेका धेरैजसो स्थानमा आकाशे वर्षाका भरमा खेती गरिने हुँदा यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, मुसुरो लगायतका व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद