Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बगर खेती वाट किसानले राम्रो आम्दानी गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

दाङ । राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा र तरकारी खेती वाट राम्रो आम्दानी गरेका छन्

राप्ती नदिले खेती योग्य जमिनलाई बगरको रुपमा परिणत गरे पनि बगर अहिले किसानले बगर लाइ वरदानका रुपमा खरबुजा र तरकारी फलाउन थालेपछि किसानले राम्रो आम्दानी गर्दै आएका छन् ।

वर्षाको समयमा राप्ती नदीले प्रभाव पार्ने त्यस क्षेत्रमा किसानले खरबुजा र तरकारी खेतीमा परिणत गरेका हुन्न

वर्षेनी बाढीले सयौँ बिगाहा जमिन बगर बनाउने गरेको छ । बगर हुनबाट जोगिएको जमिनमा किसानहरुले एक सिजन भएपनि खरबुजा खेती गरेका छन् ।

राप्ती नदीले खेतलाई बगर बनाएको जमिनमा खरबुजा फलाएर राप्ती नदीकै पुलको किनारमा लस्करै बेच्ने गर्छन् । धेरैजसो खरबुजा त दाङकै शहर र जिल्ला बाहिर पनि बेच्ने गरेको किसान बताउँछन् ।

‘खेतलाई राप्ती नदीले बगर बनाइ दियो’ देउखुरीकी फुल माया चौधरीले भन्नु हुन्छ , ‘एक सिजन भएपनि खरबुजा र तरकारी लगाउँछौँ ।’

माघ महिनामा खरबुजाको बेर्ना लगाए पनि चैत महिनाबाट खानयोग्य हुन्छ । खरबुजाको पहिलो सिजनमा प्रतिकिलो एक सय रुपैयाँमा समेत बेच्ने गरेको चौधरीले बताउनु भयो।

‘हिजोआज प्रतिकिलो पचास रुपैयाँमा बेच्ने गरेका छौँ’ चौधरीले भन्नु भयो ‘खरबुजा र तरकारी किन्न आउनेको सधैँ भिड लाग्ने गर्छ ।’

राप्ती नदीको पुलमा बिहानैदेखि लस्करै खरबुजा र तरकारी व्यापार हुन्छ । बगर भनेर पहिले बाँझो हुन्थ्यो । देउखुरीकी माया चौधरीले भन्नु हुन्छ, ‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको छु ।

करिब १० कट्ठा बगरमा खरबुजा खेती गरेको उहाँको भनाइ छ । बाह्र किलोसम्म खरबुजा फलाउने गरेको चौधरिले बत्ताउनु भयो ।

अत्यधिक गर्मी सिजन बढेसँगै खरबुजाको माग पनि बढ्दै गएको छ । दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको खरबुजा अहिले बजारमा छ्यापछ्याप्ती छ । जसबाट उत्पादन र आम्दानी बढेको छ । गर्मी सिजनमा खरबुजा सबैको रोजाइमा परेको छ ।

बगरमा खरबुजा लगाएपछि राम्रो आम्दानी भएको देउखुरी बनगाँउका महेश चौधरीले बताउनु हुन्छ । । ‘नदीले खेतलाई बगर बनाएको छ, के लगाउन सकिन्छ भन्ने चिन्ता हुन्थ्यो’ उहाँले भन्नू भयो ‘पाँच वर्ष पहिले खरबुजाको बिउ ल्याएर परीक्षणको रुपमा लगाए, राम्रो उत्पादन भयो । माग पनि बढ्दै गयो ।’

लमही नगरपालिकाका बनगाँउ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् । पछिल्लो समय बगरमा खरबुजासँगै बेमौसमी तरकारी खेती पनि गर्न थालेका छन् । राप्ती नदीले कटान गरेको क्षेत्रमा गरिएको तटबन्धले गर्दा पनि किसानहरूलाई सहज भएको छ । बगर हुनबाट जोगिएको जमिनमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गर्न थालेको छन् । बगरमा करेला, लौका, बोडी, भिण्डी लगायतका बेमौसमी तरकारी खेती गरेका छन् । गर्मी मौसम शुरु भइसकेसँगै खरबुजाको माग बढ्दै गएको छ । खरबुजा स्वादिष्ट र पानीले भरपुर भएकाले यसको सेवनले शरीरलाई गर्मीबाट जोगाउँछ सभार रेडीयो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद