Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पालिकाले बुझायो सिँचाई मिटरको महसुल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लहान, चैत २४ गते । लहान नगरपालिकाले किसानहरूले सिँचाइका लागि प्रयोग गरिएको विद्युत मिटरको शुल्क लहान नगरपालिकाले विद्युत वितरण प्राधिकरण केन्द्र लहानलाई १४ लाख आठ हजारको चेक हस्तान्तरण गरेको छ ।

लहान नगरपालिकाका एक हजार २३४ कृषकहरूले निःशुल्क रूपमा सिँचाई गर्न मोटर चलाउन सक्ने भएका छन् । विद्युत प्राधिकरणका लेखा अधिकृत जितेन्द्र झालाई लहान नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले चेक हस्तान्तरण गर्नुभएको हो ।

लहान नगरपालिको समृद्धि विकासका लागि कृषि क्षेत्रलाई अघि बढाउनु र ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न २०७९÷०८० को बाँकी रहेको विद्युत महसुलको रकम बुझाएको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो‘, ‘‘बाँकी रहेका कृषकहरूले निःशुल्कताका लागि फारम भर्ने कार्य भइरहेकोले वर्षको बिसलाखभन्दा बढी रकम विनियोजन गर्नुपर्ने देखिएको छ । यस वर्ष बिस लाख रकम विनियोजन गरिएको छ । आउने वर्षमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक उपकरण र बजारीकरणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको छ ।’’

लहान नगरपालिकाको धान गहुँ उखु र तरकारी खेतीको लागि छुट्याएको पकेट क्षेत्रका कृषकहरूलाई आवश्यक तालिम, गुणस्तरीय बीउ र बजारीकरणका लागि कृषि शाखाले काम गरिरहेको कृषि संयोजक वडा नम्बर–१२ का वडाध्यक्ष बद्री नारायण चौधरीले सञ्चारकर्मीहरूले सोधिएको प्रश्नको जवाफमा जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, ‘‘गतवर्ष नै लहानको आँपको ब्रान्डिङग गर्ने कार्यलाई यसवर्ष अझै व्यवस्थित गर्ने कार्य सुरु भइसकेको छ । आँपमा लाग्ने रोग र किराको प्रकोपबाट जोगाउन नगरपालिकाले कृषकहरूलाई औषधी उपलब्ध गराएको छ ।’’

सिरहाका १७ वटा पालिकाहरूमध्ये बरियारपटि गाउँपालिका, धनगडीमाई, गोलबजार नगरपालिका र लहान नगरपालिकाले कृषकहरूले प्रयोग गरिएको सिँचाई मिटरको महसुल बुझाएर राहत दिएको छ । कृषि मिटरकाको महसुल बुझाउने पालिकाहरू कृषकमैत्री पालिका भएको नेपाल राष्ट्रिय कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदीप सिंह दुनुवारले भन्दै बाँकी रहेका पालिकाहरूमा पनि सिँचाई मिटरको महसुल बुझाउन पहल भइरहेको बताउनुभयो । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र २४,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद