Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

भारतबाट ल्याइएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खजुरा, चैत २१ गते । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको हो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका पशु विकास अधिकृत डा। खिमानन्द खनालले भारत सरकारले नेपाललाई अनुदानमा दिएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको जानकारी दिनुभयो ।

गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगन्ज कार्यालयमा तीन वटा राँगा राखिएको डा। खनालले बताउनुभयो । नेपालगन्ज कार्यालयमा राखिएका तीन राँगाबाट वीर्य उत्पादन गरी सङ्कलनको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटमा राखिएका तीन वटा मुर्रा राँगाबाट मङ्सिर महिनादेखि फागुन मसान्तसम्म १ सय ४३ डोज जमेको वीर्य उत्पादन गरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।

प्राविधिक जैसीका अनुसार यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बोयर जातको बोकाबाट वीर्य सङ्कलन गरिंदै आएको छ । राँगा, जर्सी तथा बोयरबाट यस वर्षको फागुन मसान्तसम्म ६४ हजार ४० डोज वीर्य उत्पादन गरिएको छ ।

उहाँका अनुसार नेपालगन्ज मुर्रा राँगाबाट ४० हजार ७९० डोज, भारतीय मुर्रा राँगाबाट १४३ डोज, गड्डी राँगाबाट ७३४ डोज गरी ४१ हजार ६६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । त्यसैगरी जर्सी साँढेबाट ५९६ डोज र होलिष्टेन साँढेबाट ५ हजार ८८२ गरी ६ हजार ४७८ डोज साँढेको वीर्य उत्पादन गरिएको छ ।

बोयर बोकाबाट १५ हजार ८९५ डोज गरी यो आर्थिक वर्षको फागुन मसान्तसम्म जम्मा ६४ हजार ४० डोज वीर्य उत्पादन भएको प्राविधिक जैसीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कार्यालयबाट ४२ हजार ९४९ डोज वीर्य उत्पादन गरिएको कार्यालयका प्राविधिक जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार मुर्रा राँगाबाट ३९ हजार ७१७ डोज र बोयर बोकाबाट ३ हजार २३२ डोज गरी गत वर्ष ४२ हजार ९४९ डोज वीर्य उत्पादन गरिएको छ । जर्सी साँढेबाट यस वर्षबाट मात्र वीर्य उत्पादन थालिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिदै आए पनि बोयर बोकाबाट भने नेपालगन्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदैआएको पशु विकास अधिकृत डा। खनालले जानकारी दिनुभयो ।

पहिला पोखरा कार्यालयबाट बोकाबाट वीर्य सङ्कलन गरिदै आए पनि यस वर्षबाट त्यहाँ सङ्कलन गर्न छाडिएर नेपालगन्जबाट सुरु गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार हाल यस कार्यालयमा भारतीय मुर्रासहित राँगो १९ वटा, साँढे १२ वटा, बोका १७ वटा र बाख्रा ४ वटा गरी जम्मा ५२ वटा पशु छन् ।

कार्यालयबाट कृत्रिम वीर्य उत्पादन मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइने उहाँले जानकारी दिनुभयो । गत वर्ष २४३ गाई, ६८८ भैंसी र ५४८ बाख्रा गरी एक हजार ४७९ वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको थियो । सभार गोरखापत्र अनलाइन
यो समाचार गजेन्द्र गुरुङले गोरखापत्र अनलाइनमा लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० चैत्र २१,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद