Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

बाराका चार सय कृषकले पाए कृषि सामग्री, सुवर्ण गापाले कृषक समूहलाई ५ लाख दिने घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाराका चार सय किसानलाई स्लामिक रिलिफ र जेजेवाइसीले कृषि सामग्री वितरण गरेको छ । जिल्लाको सुवर्ण गाउँपालिका र महागढिमाई नगरपालिकाका चार सय किसानलाई सहज सिंचाई सहितको खेतीपातीका लागि माग भए अनुसारका कृषि सामग्री वितरण गरेको हो ।
डेढ वर्ष देखि समूहमा संगठित भएर विभिन्न किसिमका तालिम लिएर जलवायु मैत्री खेतीपातीको प्रयासमा जुटेका कृषक हरुलाई कृषि सामग्री वितरण गरिएको हो । पन्ध्र हजार नौ सय पचास रुपैंया मुल्यको मोटर १०१ जनालाई, एक हजार सात सय रुपैंयाको तिन सय ३० थान त्रिपाल, १० किलो बराबर दुई हजार एक सय रुपैंयाको डेलिभरी पाइप दुई सय ६८ जनालाई वितरण गरिएको परियोजनाले जनाएको छ ।

कृषि सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश राय यादवले कृषक समुहलाई ५ लाख रुपैंया अनुदान दिने घोषणा गरेका छन् । अध्यक्ष यादवले स्लामिक रिलिफ नेपाल, स्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसी बाराको आयोजनामा संचालित समूदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजना अन्तर्गत गठित १० वटा समूहलाई ५० हजारका दरले जम्मा ५ लाख आर्थीक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले सो अनुदानको सहि सदुपयोग भए अर्को वर्ष प्रति समूह १ लाखका दरले १० लाख अनुदान उपलब्ध गराउने समेत प्रतिवद्धता जनाए ।

सुवर्णमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका उपाध्यक्ष राजदेव साहले कृषि सामग्रीको सहि सदुपयोग गरेर कृषि कर्मबाटै आर्थीक उन्नती भएको हेर्ने दाता सँस्थाको चाहना पुरा गर्न सबै लाभग्राहीलाई आग्रह गरे । त्यस्तै महागढिमाईमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका सचिव सियाराम यादवले लाभग्राहीको माग अनुसारकै सामग्री दिंदै गर्दा कृषि कर्ममा लागेका सदस्यहरुले सोच अनुसारको उपलब्धि हासिल गर्नेमा विश्वस्त रहेको बताए ।

परियोजना अन्तर्गत सुवर्ण गाउँपालिकामा २० सदस्यिय १० वटा तथा महागाढिमाई नगरपालिकामा २० सदस्यिय १० वटा महिला कृषक समूह रहेको तथा जलवायुमैत्री खेतिपातिको प्रयासमा जुटेको परियोजनाका कार्यक्रम संयोजक डा.अजय कुमारले जानकारी गराए । उनका अनुसार कृषि समूहमा छलफल पश्चात् माग भए अनुसारकै कृषि सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा परियोजना अन्र्तगत गठित सेवा युवा क्लबका अध्यक्ष आमीर खान पठान, परियोजनाका लैंगिक तथा संरक्षण अधिकृत लक्ष्मी खरेल, पशु प्राविधिक जैनुल मियाँ धोवी, वडाका प्रतिनिधिहरु, स्थानिय भद्रभलाद्यीहरुको सहभागिता रहेको परियोजनाका सामुदायिक परिचालक हमेशा खातुनले जानकारी दिइन् । २० वटै कृषक समूह सम्बन्धित पालिकामा दर्ता भएको तथा सोको विधान समेत आजको कार्यक्रमका बिच समूहलालाई हस्तान्तरण गरिएको सामुदायिक परिचालक सुरेश यादवले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० फाल्गुन १४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद