Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

राधाकृष्ण फुटबल मैदानमा प्रथम लालबन्दी महोत्सव सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
A A
महोत्सवको उद्घाटन गर्दै मन्त्री सुनिता यादव ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री सुनिता यादव ।

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, फागुन १० गते । सर्लाहीको लालबन्दी नगरपालिका–६, राधाकृष्ण फुटबल मैदानमा बिहीबारबाट प्रथम लालबन्दी महोत्सव सुरु भएको छ । “कृषि, पर्यटन र व्यापार स् स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।

मन्त्री यादवले कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको मधेश प्रदेशमा यस्ता मेला, महोत्सवले यो क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अस्ताइरहेको र कठिन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिनुभयो ।

महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य बेची लुङ्गेली, लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतले मन्तव्य राख्दै महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महोत्सव उद्घाटन अघि बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारको डुमडुमे मन्दिरदेखि महोत्सवस्थलसम्म विभिन्न जातजातिको भेषभुषासहितको झाँकी र्‍याली निकालिएको थियो। उद्घाटन समारोहमा १८ जातजातिको भेषभुषा र पहिचान झल्कने नृत्य प्रस्तुत गरिएको छ ।

महोत्सवमा कृषि, होटल र अन्य गरी १६० वटा स्टल राखिएको उद्योग वाणिज्य सङ्घ लालबन्दीका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद चौलागाईले बताउनुभयो । फागुन १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षण रहेको आयोजकले जनाएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइएको महोत्सवमा विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरिएको छ । सभार गोरखापत्र

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२०७ किलो गाँजा सहित एक पक्राउ
राष्ट्रिय

२०७ किलो गाँजा सहित एक पक्राउ

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
मुख्य समाचार

नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद