Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा नेपाली कांग्रेसको प्रशिक्षण सुरू

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०७ फागुन । नेपाली कांग्रेस पर्साले आजदेखि आफ्ना नेता–कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु गरेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आज सुरुआतमा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका कांग्रेस सभापति, सचिव र महानगर कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको हो ।

जिल्लाका १४ वटै पालिका र ११२ वडाकै नेता–कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको पर्सा कांग्रेसले जनाएको छ । कांग्रेसका वडा सभापतिहरूलाई कांग्रेसका स्थानीय नेताहरू विनोद गुप्ता, अमृत जोशी र कञ्चन झाले प्रशिक्षण दिएका हुन् ।

गुप्ता र जोशीले नेपाली कांग्रेसको झण्डाको इतिहास, रुखÞ चिन्ह, र मान्यतासहित सैद्धान्तिक विषयमा जानकारी गराएका थिए । त्यस्तै झाले नेपाली कांग्रेसको ईतिहास र पार्टीको विरुद्धमा फैलाइएको भ्रम चिर्न आवश्यक तथ्य र तथ्यांकहरू प्रस्तुत गरेका थिए । निजीकरण र उदारिकरणको उपलब्धीबारे झाले प्रष्ट्याएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाले पार्टीका एजेण्डा एवम् पार्टीगत संरचनाका बारेमा जानकारी गराएका थिए । साथै पार्टीका नेता कार्यकर्ताहरु पार्टीका विषयमा जानकार हुनुपर्ने बताउँदै उनले अध्ययन एवम् अनुसन्धानमुलक कार्यमा सहभागिता जनाउन पनि आग्रह गरे ।

पार्टीको जिल्लास्थित प्रशिक्षण विभागका प्रमुख एवम् जिल्ला उपसभापति रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य एवम् पार्टीका पर्सा जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले पर्सा जिल्लामा पार्टीको अवस्थासँगै पार्टीले जिल्लाभरी गरेका गतिविधि एवम् प्रदेश सभाबाट हुन सक्ने सहयोगका सम्बन्धमा चर्चा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद