Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई अर्का स्वतन्त्र उम्मेदवार बालेश्वर चौधरीले समर्थन गरेका छन ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मै उम्मेदवारी दिएका चौधरीले द्विवेदीलाई समर्थन गर्ने बताउदै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने भएका हुन । दुवै उम्मेदवारबीच आज भएको भेटमा उम्मेदवारी निष्क्रिय बनाई द्विवेदीलाई समर्थन गर्ने सहमती भएको हो ।

नेपालको राजनीतिमा स्वच्छ छवि भएको इमान्दार नेताको खाँचो भईरहेको बेला तीनदशक लामो राजनीति गरेका द्विवेदीको व्यक्त्वि र छविमा कुनै किसिमको दाग नलाएकोले नै युवाको नेतृत्व गरेको आफूले समर्थन गरेको चौधरीले बताए ।

उनले अहिलेका युवाहरुले राजनीतिक संस्कार भएको व्यक्तिको खोजीमा रहेको र त्यो व्यक्ति अजय द्विवेदी पनि भएकोले आफूले समर्थन गरेका बताए । पूराना राजनीतिक अनुभव र उहाँमा भएको राजनीतिक संस्कार युवाहरुले पनि सिक्नुपर्ने उनको भनाई थियो ।

केही राजनीतिक दलका नेताका कारण प्रदुषित भएको पर्सा जिल्लाको राजनीतिलाई जनताको पक्षमा लैजान सक्ने क्षमता अजय द्विवेदीमा देखिएकोले आफूले उनको पक्षमा मत माग्ने गरी उमेदवारी निस्कृय पारेको चौधरीले बताए ।

यसअघि निर्वाचित सांसदले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा काम गर्न नसकेको, आफ्नो आसेपासेलाई मात्र बजेट चलाउन दिएर बजेट दुरुपयोग गरेको, केही स्थानमा टावर लाइट, धर्मशाला, मठ मन्दिर र मस्जितमा बजेट खर्च गरेकोले उसलाई यसपटक सहयोग नगर्ने पक्षमा मतदाता रहेको चौधरीको भनाई छ ।

स्वतन्त्र उम्मेदवार द्विवेदीले विचारको राजनीतिको खडेरी परेको अवस्थामा एकजना युवाले विचारको राजनीतिबाट प्रभावित भई समर्थन गरेकोमा धन्यवाद दिदै उम्मेदवार द्विवेदीले युवाहरुको जोश र जाँगरले आफूलाई थप उर्जा मिलेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद