Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

 महानगरमा सत्ता गठबन्धनको साझा प्रतिबद्धता पत्र सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘वीरगञ्जमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले साझा प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ । जे बोल्छौँ, त्यो गर्छौ, त्यति मात्रै बोल्छौँ, जति गर्न सक्छौँ, ‘सम्भावना’लाई ‘सम्भव’ बनाउने महाअभियान विकसित वीरगञ्जका लागि विवेकपूर्ण मतदान भन्ने मुल नाराका साथ घोषणापत्र सार्वजनिक गरेको हो ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धन आवद्ध दलका नेताहरुले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज  महानगरपालिकालाई देशको अन्य स्थानीय तहको दाँजोमा विकासको प्रतिस्पर्धामा अगाडि लैजाने प्रतिबद्धता जनाए ।

‘वीरगञ्जको रुपमा पहिचान स्थापित गरेयता यस भूगोलले देशलाई बलिदानी, श्रम, सम्मान, सुखसुविधा र धनलगायत धेरै थोक दियो । धुलो, धुँवा, कोलाहल, दुर्घटना सहेर देशको ढुकुटी भर्नुलाई नै आफ्नो जिम्मेवारी ठान्यो वीरगञ्जले । भूकम्प, बाढीपहिरो र आगलगीका पीडितहरूलाई राहत दियो, आँसु पुछ्यो । देशकै लागि उत्पादन र आपूर्तिको केन्द्रको रुपमा स्थापित यो सहरले आर्थिक राजधानीको मौखिक उपमाबाहेक वीरगञ्जले आफ्नै लागि भने न्यायपूर्ण व्यवहारसमेत कहिल्यै पाएन । ’ उनले भने ।
वीरगञ्जको विकासका लागि स्पष्ट कार्यसूची बनाएर अघि बढ्ने उनको भनाई छ ।
’यहाँ न त औपचारिक रुपमा औद्योगिक क्षेत्र बनाइयो, न प्राविधिक जनशक्तिका लागि शैक्षिक प्रतिष्ठान नै आयो । न पारवहनका लागि एउटा ट्रान्सपोर्ट नगर बनाइयो, न कृषि उपजका लागि तोकिएको बजार दिइयोे ।’ उनले भने ‘ न यहाँ कम्पनी रजिष्ट्रारको कार्यालय खोलियो, न सबैभन्दा बढी कर दिने र यसबारे समस्या बल्झिइरहने यस सहरले राजश्व न्यायाधीकरणको एउटा कार्यालय नै पायो । न यहाँका नागरिकका लागि रोजगारीको आधार सिर्जना हुन सक्यो । अब विकास र समृद्धिको एउटा स्पष्ट कार्यसूची बनाएर हामीले आफ्नो जिम्मेवारीको काम गर्नुपर्ने छ ।’

नेपाली काँग्रेसका पर्सा सभापति जर्नादन सिंह क्षेत्रीले गठबन्धन एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागि परेको बताए ।
‘मुल्य र मान्यताको राजनीति गर्नेले राजनीति बेईमानी गर्न हुँदैन, देशकै आवश्यकताले गठबन्धनमा गएका हौं, हामीले बेईमानी गरेका छैनौं । सबै मिलेर गठबन्धनका उम्मेदवारलाई जिताउन लागि परेका छौं ।’ उनले भने ।

निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले जनताको बीचमा गरेको वाचा पुरा नगरेकोले माफी माग्नुपर्ने उनको भनाई छ ।  ’गाडी, सेवा सुविधा लिन्न भनेको हो, तर लिए, जुन कसम खाएर जनताबीचमा जानुभयो, त्यो पुरा गर्न सक्नुभएन, माष्टर प्लान बनाएर काम गर्न सकेनन् ।’ उनले भने
जनताको बीचमा वाचा गरेर खेलवाड गरेकोले विजय सरावगीले माफी माग्नुपर्छ ।’

महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको, प्रदेश र केन्द्रसँग लडेर बजेट ल्याउन नसकेको, तर जनतालाई कर लाद्ने काम गरेको आरोप उनले लगाए । सक्षम, सबल र सम्मुनत वीरगञ्ज बनाउन प्रतिबद्धता पत्र ल्याईएको उनको भनाई छ । सबल नेतृत्व नहुँदा, सोच भिजन भएको नेतृत्व नपाउँदा वीरगञ्जको विकास नभएको दावी उनले गरे । माओवादी केद्रका नेता रामदरश कुशवाहाले गठबन्धन एक भएर अघि बढेको दावी गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २३,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद