Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरको मेयर बनेपछि भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्छु- राजेशमान सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विहीबार जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसतै संघीय सांसद् प्रदीप यादवले महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले आफै एउटा पनि विकास निर्माणको काम नगरेको र अन्य दातृ र प्रदेश र संघ सरकारले गरिदिएको कामलाई आफ्नो भनेर प्रचार बाजी गरिरहेको आरोप लगाए । ’सरावगीजीले २ सय किलोमिटर सडक बनाएको छु भन्नु हुन्छ तर कहाँ बनाएको छु भन्न सक्नु हुन्छ । वीरगञ्जमा हामीले जता हेर्यौं उता बिग्रेकै सडक छ, खै सरावगीजीले सडक कहाँ बनाउनु भएको छ,’ यादवले कटाक्ष कस्दै भने, ’अरु निकाय, दातृ संस्था र प्रदेश तथा संघ सरकारले गरेको कामलाई आफ्नो भनेर प्रचारबाजी गर्दै हुनुहुन्छ मेयर सरावगी । आफूले एउटा पनि काम गर्न सक्नु भएको छैन ।
जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहले महानगरलाई पूर्ण रुपले डिजीटलाइज गरेर नगद कारोबारलाई अन्त्य गर्ने र बिचौलियाले सेवाग्राहीलाई ठग्ने कार्यलाई पनि पूर्ण रुपले खत्ताम पार्ने बताए ।
उनले नेतृत्वमा पुगेपछि यसअघि भएका सम्पूर्ण गलत कामको फाइल खोलेर हरेक दोषीलाई कारवाही गर्न विभिन्न निकायमा सिफारिस समेत गर्ने बताए ।
कार्यक्रममा उपस्थित स्थानीयहरुले यसअघिको महानगरको नेतृत्वले पाँच वर्षसम्म जनतालाई ठगेको र मुर्ख बनाएको बताउँदै आसन्न निर्वाचनमा छाता छापमा मात्रै मतदान गर्ने बताएका थिए । स्थानीयहरुले “छाता छाप जिन्दावाद“, “जसपा जिन्दवादी“, “छाता छापमा मतदान गरौँ“ जस्ता नारा पनि लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद