Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिलो दिन पर्सामा वीरगन्ज महानगर प्रमुख पदमा १२ जनाले गराए मनोनयन दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतवार वीरगन्ज महानगरको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला समन्पय समितिको कार्यालय परिसरमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन आइतवार वीरगन्जको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
मेयर पदका लागि नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक एक जना गरि राजनीतिक दलबाट दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोनयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयर पदका लागि भने पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए । पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
ती मध्ये नेकपा एकीकृत समाजवादी, राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका एक एक जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए । यसैगरि महानगरको दुइ वडा सदस्य पदका लागि २९ जनाले, महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए । नेपाली काँग्रेस , नेकपा एमाले,जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमवारको समय लिएको पौडेलले जानकारी दिए
वीरगन्ज महानगरमा छुटटा छुट्टै दुइ गठबन्धन गरेका प्रमुख दलहरुले मेयर,उपमेयर र वडा अध्यक्षका उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेका कारणले सोमवार मनोनयन दर्ता गराउने भएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद