Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गठबन्धन सरकार तुरुन्तै ढलेन भने देश बर्बाद हुँदैछः ओली

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताउनुभएको छ ।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने दाबी गर्नुभएको हो ।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।

उहाँले भन्नुभयो, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’ तर आफूहरु यो सरकार ढाल्न कोशिश नगर्ने ओलीको भनाई छ । ‘यो गठबन्धन सरकार आफैं कुहिसकेको छ, कुहिएको फल पनि झर्नका लागि मज्जाले कुहिनुपर्छ, यो झर्ने बेलातिर जाँदैछ, समय पर्खिनुपर्छ। मर्न आँटेको मान्छेलाई पनि प्वाक्क हानियो र म¥यो भने ज्यान मुद्दा लाग्छ। ओलीले भन्नुभयो, त्यसैले हामी यो सरकार ढाल्न कोशिश नै गर्दैनौं। ढालेको बात पनि नलागोस्, आफैं कुहिएर फतक्क झरोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु
मुख्य समाचार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा  इन्दिरा वेलनेस सेन्टरमा
राष्ट्रिय

मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा इन्दिरा वेलनेस सेन्टरमा

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद