वीरगन्ज — मेनरोड विस्तारका कारण मुख्य सडक क्षेत्र प्रभावित भइरहेका बेला डा. उदय नारायण सिंहले वीरगन्जको बिर्तास्थित इन्दिरा वेलनेस सेन्टरमार्फत स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिएका छन्।
नारायणी अस्पतालको दक्षिणतर्फ वीरगन्ज–४, बिर्तामा रहेको सेन्टरमा डा सिंहसहित विभिन्न विधाका चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ। सेन्टरले फ्यामिली फिजिसियन, इमर्जेन्सी मेडिसिन, मधुमेह, महिला तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा घुँडा–हिपसम्बन्धी उपचार र डायग्नोस्टिक अल्ट्रासोनोग्राफी सेवा दिँदै आएको जनाएको छ।
मेनरोड विस्तारका कारण मुख्य सडक क्षेत्रमा व्यवसाय तथा सेवाको पहुँच प्रभावित भइरहेका बेला भित्री बजारबाट सेवा सञ्चालनले स्थानीय सेवाग्राहीलाई स्वास्थ्य उपचारमा निरन्तरता दिने अपेक्षा गरिएको छ।
डा। सिंह फ्यामिली फिजिसियन, इमर्जेन्सी मेडिसिन तथा मधुमेहसम्बन्धी सेवामा विशेषज्ञता भएका चिकित्सक हुन्। सेन्टरमा विभिन्न विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध रहेको छ।


