Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाईमा घरदैलो गर्दै सुशील कानु भन्छन्– “कृषकको समस्या समाधान मेरो पहिलो प्राथमिकता”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले कृषकहरूका लागि समयमै मल, खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रवार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका – ४ को डकैला बहुआरी टोलमा घरदैलो गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका कानुले समयमा मल र खादको अभावमा बर्सेनि कृषकहरूलाई ठुलो नोक्सानी हुने गरेको बताउँदै आफू निर्वाचित भएपछि समयमै मल र खादको व्यवस्था सुनिश्चित गर्ने दाबी गरे ।

“कृषकहरूको पीडा मलाई राम्रोसँग थाहा छ । तरकारी खेतीका लागि मल समयमै उपलब्ध गराउने, उत्पादनलाई सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्ने र बजारसम्म सहज पहुँच पुर्‍याउने व्यवस्था तत्काल गर्ने छु,” उनले भने ।

त्यस्तै कानुले उच्च शिक्षाको लागि जिल्ला अथवा देश बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने योजना पनि अघि सारे । उनले भने, “पाँच वर्षको कार्यकालमा पर्सा जिल्लामा रहेको मधेस विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रूपमा विकास गर्दै उच्च शिक्षा हासिल गर्ने केन्द्रको रूपमा विकास गर्नेछु ।”

सोहीगरी कानुले खेलकुद विकासका लागि बहुदरमाई नगरपालिका क्षेत्रमा राष्ट्रिय स्तरको खेल आयोजना गर्न मिल्ने रङ्गशाला निर्माणको काम पनि अघि बढाइने बताए । “वीरगञ्जस्थित नारायणी रङ्गशालाको स्तरोन्नति गर्नुका साथै बहुदरमाई नगरपालिका भित्र नै उपयुक्त स्थानको पहिचान गर्दै एउटा राष्ट्रिय स्तरको रङ्गशालाको निर्माण कार्यलाई अघि बढाइने छ,” उनले भने ।

कानुले पर्सा जिल्लाको सबैभन्दा ठुलो समस्या बेरोजगारी भएको औँल्याउँदै उद्यमशीलता, तालिम र विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्दै रोजगारीको अवसरहरू सृजना गर्ने पनि आफूले पहल गर्ने बताए ।

घरदैलोका क्रममा स्थानीयहरूले यसअघि निर्वाचित भएर गएका सांसदहरूले आश्वासन मात्र बाँडेको आरोप लगाउँदै आफूहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूले नयाँ सोच, ऊर्जा र भिजनका साथ आएका उम्मेदवारलाई आफ्नो मत दिने बताए ।

घरदैलोमा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता, स्थानीय बुद्धिजीवी, विभिन्न पेसासँग आबद्ध व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद