Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा ५२ जना रास्वपामा प्रवेश,सुशील कुमार कानुको नेतृत्वमा संगठन विस्तार तीव्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शनिबार वीरगञ्जस्थित नकरदाह टोलमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने बहुदरमाईं नगरपालिका वडा नम्बर–३ को नकरदाह टोलमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी ५२ जना नेता–कार्यकर्ता तथा समर्थकहरू रास्वपामा प्रवेश गरेका हुन्।
बहुदरमाईं नगरपालिकाका रास्वपा युवा नेता विजय प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वडा अध्यक्ष पदका उम्मेदवार नन्दु साह, नेकपा एमाले का मनोज साह, जसपाकै राजदेव राउत अहिर, हिरा साह, निरज साह लगायतका नेता–कार्यकर्ताहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका थिए।
कार्यक्रममा बहुदरमाईं नगरपालिकाका विभिन्न वडाबाट नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी आएका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानु ले खादा र अबिर लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक एजेन्डा र पर्सा–२ क्षेत्रमा देखिएका मुख्य समस्याबारे विस्तृत रूपमा चर्चा गरे। उनले महिलाहरूलाई घरमै प्राविधिक योग्यतासहित कृषि, पशुपालन तथा सिलाइ–कटाइसम्बन्धी तालिम उपलब्ध गराई आत्मनिर्भर बनाउने योजना अघि सारे। साथै, फागुन २१ गते हुने निर्वाचन लाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी रणनीतिबारे समेत छलफल गरिएको थियो।

कानुले क्षेत्रका स्थानीयवासीले भोग्दै आएको बेरोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजार पहुँच, सीपमूलक तालिमको अभावलगायत समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताले विगतमा धेरै निराशा भोगेका छन्। अब राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिनुपर्छ। रास्वपा त्यो विकल्प हो,” उनले भने।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का नेता चन्दन यादव, राजकिशोर साह तेली, सुनिल कुशवाहा लगायतको उपस्थिति रहेको थियो। उनीहरूले नकरदाहसहित बहुदरमाईं नगरपालिकामा रास्वपाप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको बताएका थिए।

स्थानीय सहभागीहरूले पनि पुराना दलहरूको परम्परागत राजनीतिबाट दिक्क भएर सुशासन, पारदर्शिता र अवसर सिर्जनाको एजेन्डा बोकेको रास्वपामा आशा देखिएको प्रतिक्रिया दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद