Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अब जनताले सोध्नुपर्ने बेला आयो– कसले के काम गर्‍यो : एमाले उम्मेदवार प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले आफूले विगतमा गरेका विकासका कामका आधारमा जनताले फेरि न्याय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

आज बिहान वीरगञ्जमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्तासँगको भेटघाटमा उम्मेदवार यादवले भने,
“मैले के काम गरेँ भन्ने कुरा जनता स्वयंले देखेका छन्, अब अन्य नेताहरूले के–कस्ता काम गरेका छन् भन्ने प्रश्न जनताले सोध्नुपर्ने बेला आएको छ।”

आफ्ना विपक्षी उम्मेदवारलाई कडा प्रतिस्पर्धा दिँदै आएका यादवले निर्वाचन क्षेत्रमा सडक, पुल–पुलेसा, धर्मशाला, विवाह मण्डप, शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य भौतिक पूर्वाधार विकासमा आफूले उल्लेखनीय योगदान दिएको दाबी गरे। ती कामप्रति मतदाताहरूले खुलेर प्रशंसा गरिरहेको पनि उनले बताए।

निर्वाचन आचारसंहिता भित्र रही फागुन ४ गतेदेखि प्रचार–प्रसारका गतिविधि औपचारिक रूपमा अघि बढाइने जानकारी दिँदै यादवले यसपटक बाँकी रहेका विकास योजनाहरू पूरा गर्नुका साथै जनतासँग प्रत्यक्ष राय–सल्लाह गरेर थप योजना अघि बढाइने प्रतिबद्धता जनाए।

संविधान, लोकतन्त्र र मधेशी जनताको हक–अधिकारको संरक्षणमा आफू सदैव अडिग रहने उल्लेख गर्दै उनले प्रतिनिधिसभामा जनताको आवाज मजबुत रूपमा उठाउने स्पष्ट पारे।

“म नेता होइन, जनताको सेवक हुँ,” भन्दै यादवले जनताले फेरि सेवा गर्ने अवसर दिनेमा आफू आशावादी रहेको जिकिर गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद