Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

मुर्लीमा रास्वपा उम्मेदवार हरि पन्तलाई काँवर बोकाएर घरदैलो, स्थानीयको उत्साहजनक समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई वीरगञ्ज महानगरपालिका अन्तर्गत मुर्ली क्षेत्रमा आज विशेष शैलीमा घरदैलो गराइएको छ।

घरदैलो तथा मतदाता भेटघाटका लागि मुर्ली पुगेका उम्मेदवार पन्तलाई स्थानीयवासीहरूले काँवर (काँबर) बोकाएर टोल–टोल घुमाउँदै घरदैलो गराएका हुन्। काँवरको अगाडि र पछाडि रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाहको तस्बिर झुन्ड्याइएको थियो, जसले घरदैलो कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीहरूले विभिन्न स्थानमा उम्मेदवार पन्तलाई टीका, माला र खादा लगाएर स्वागत गर्दै यसपटकको निर्वाचनमा आफ्ना वडाबाट रास्वपालाई अग्रता दिलाएर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासँगै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो। स्थानीयको सक्रिय समर्थन र सहभागिताले मुर्ली क्षेत्रमा रास्वपाप्रति जनआकर्षण बढ्दै गएको संकेत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद