Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा–४ मा जसपा नेपालको घरदैलो अभियान सुरु, उम्मेदवार सन्जु साह मैदानमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहले चुनावी घरदैलो अभियान सुरु गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने फेटा बजारबाट आज औपचारिक रूपमा घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको हो। घरदैलोका क्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी र क्षेत्रको समग्र समृद्धिलाई केन्द्रमा राखेर आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका थिए।

घरदैलो अभियानमा जितेन्द्र सोनल स्वयं सहभागी भई चुनावी कमाण्ड सम्हालेका छन्। उनले कार्यकर्ता तथा मतदातालाई जसपा नेपालको छाता चुनाव चिन्हमा मतदान गरी उम्मेदवार सन्जु साहलाई विजयी बनाउन आग्रह गरे।

फेटा बजार क्षेत्रमा आयोजित जनदर्शन कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो। निर्वाचन मिति नजिकिँदै जाँदा बारा–४ मा चुनावी माहोल थप तातिँदै गएको छ भने जसपा नेपालको घरदैलो अभियानले गति लिएको देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद