Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नं. ३ मा रुपेश कुमार पाण्डेयको घरदैलो अभियान निरन्तर, लहावरथकरि र मैनपुरमा व्यापक जनसम्पर्क

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै आज पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।
उम्मेदवार पाण्डेयले आज लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो गर्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलोका क्रममा उनले स्थानीयवासीका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै नेकपा एमालेले अघि सारेका विकास, समृद्धि र सुशासनका योजनाबारे अवगत गराएका थिए।

स्थानीयवासीहरूले उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि प्रवर्द्धन तथा समग्र उन्नतिका लागि सक्षम र अनुभवी नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूले पर्सा–३ को भविष्यका लागि पाण्डेय उपयुक्त उम्मेदवार भएको धारणा समेत व्यक्त गरेका थिए।

उम्मेदवार पाण्डेयले जनताको साथ, विश्वास र समर्थनले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई अझ सशक्त रूपमा अगाडि बढाइने बताए।
नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ मा संगठन विस्तारसँगै चुनावी माहोल दिनप्रतिदिन मजबुत बन्दै गएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद