Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढी–८ हरपुरमा अजयकुमार चौरसियाको घरदैलो निरन्तर, कांग्रेस नेतृत्वमै विकास सम्भव : चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २९,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–८ हरपुरमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। चुनावी अभियानको क्रममा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद र जनसम्पर्क गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै जनताको हितमा दिगो काम हुने विश्वास व्यक्त गरे। उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए।

साथै लोकतन्त्र र समावेशी विकासको पक्षमा उभिएको नेपाली कांग्रेसलाई यसपटकको निर्वाचनमा विजयी बनाउन स्थानीय मतदातासँग आग्रहसमेत गरेका थीए।
उक्त कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री पटेलले कांग्रेसको नीतिले नै मधेशसहित देशको समग्र विकास सम्भव हुने उल्लेख गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप कुर्मी, पार्टीका सक्रिय नेता तथा कार्यकर्ताहरू नितेन्द्र साह, विश्वमोहन दास थारु, जयराम दास थारु, विनोद ठाकुर, नन्दु चौधरी, शैलेन्द्र चौधरी र शिवनारायण राम लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद