Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी गरेका छन् । बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले चार दलबीच कडा प्रतिस्पर्धा भइरहेको स्वीकार गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रमुख प्रतिस्पर्धीका रूपमा उल्लेख गरे । “अबको १५ दिनमा नेकपाले टप्यो भन्ने दिन आउँदैछ,” उनले भने ।

संयोजक प्रचण्डले पार्टीको घोषणापत्रलाई केहीले महत्वाकाङ्क्षी भने पनि त्यो समाजवादतर्फको यात्राको स्पष्ट रोडम्याप भएको जिकिर गरे । “हामी हिजोका ठाउँमा छैनौँ, नयाँ ठाउँमा आइसकेका छौँ,” उनले भने, “समाजको तल्लो वर्गका आवाज उठाउँदै समाजवादी यात्राको दिशामा अगाडि बढीसकेका छौँ ।”

संविधान संशोधन एजेन्डा आफ्नै : प्रचण्ड
संविधान निर्माणका क्रममा तत्कालीन माओवादीले फरक मत दर्ता गराएको स्मरण गराउँदै प्रचण्डले संविधान संशोधनको मुद्दा आफ्नै भएको र त्यसलाई अगाडि बढाउने नैतिक आधार पनि नेकपासँगै रहेको दाबी गरे । “संविधान बनाउँदा नै रिजर्भेसन राखेर फरक मत दिएका कारण संशोधनको आवाज उठाउने नैतिक बल हामीसँग छ,” उनले भने ।

‘सूर्यभन्दा माथि तारा’
देशभर नेकपाको माहौल बनेको दाबी गर्दै प्रचण्डले नयाँ चुनाव चिह्नमा मत हाल्न कार्यकर्तालाई सक्रिय रूपमा सिकाउन निर्देशन दिए ।
“हामीले सूर्यभन्दा कति हो कति माथि हुन्छ तारा, त्यो लिइसक्यौँ,” उनले भने, “२६ वटा चुनाव चिह्नमा भोट हालेकालाई अब तारामा भोट हाल्न सिकाउनु छ ।”

ठूला सभा होइन, टोल–टोल र डिजिटल प्रचार
यसपटक पार्टीले महँगो ठूला सभा–सम्मेलन नगरी टोल–टोल र घर–घर अभियान तथा डिजिटल प्रचारलाई प्राथमिकता दिने रणनीति तय गरिएको पनि उनले बताए ।

“आजकल लाखौँ खर्च गरेर सभा गरेर भोट पाउने जमाना गयो,” प्रचण्डले भने, “मिसइन्फर्मेसनलाई काउन्टर गर्ने र आफ्ना राम्रा कुरा पोस्ट र शेयर गर्न नछाड्नुहोला ।” उनका अनुसार पार्टीले डिजिटल प्रचारका लागि पेरिसडाँडामा विशेष टिम नै गठन गरेको छ र अघिल्लो निर्वाचनमा सभा–सम्मेलनमा गरिने खर्च अहिले सूचना प्रविधिमा केन्द्रित गरिएको छ ।

‘सबैभन्दा नयाँ पार्टी हामी नै’
नेकपा नयाँ दृष्टिकोण, नयाँ सोच र निर्वाचन आयोगको रेकर्डअनुसार पनि नयाँ पार्टी भएको दाबी गर्दै प्रचण्डले संघीय गणतन्त्रको प्रवर्तक भएकाले नेकपाकै भिजन सबैभन्दा नयाँ भएको बताए ।
“गएको कात्तिक १९ गते बनेको यही नयाँ कम्युनिस्ट पार्टी हो,” उनले भने, “त्यसपछि निर्वाचन आयोगमा कुनै नयाँ पार्टी दर्ता भएका छैनन् ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ माघ २८,बुधबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद