Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरदैलो अभियानमा हरिपन्त सक्रिय, वीरगञ्जमा बालेन शाहको आगमनको चर्चाले बढ्दो राजनीतिक उत्साह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हरिपन्तले चुनावी प्रचार अभियानलाई तीव्र बनाउँदै विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।

सोही क्रममा उनले आज क्षेत्रअन्तर्गत सुखचैनामा स्थानीय मतदातासँग भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।

मतदाताहरूले उम्मेदवार हरिपन्तप्रति उत्साहजनक समर्थन जनाउँदै आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए। हरिपन्तले जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको एजेन्डा, सुशासन, विकास र अवसर सिर्जनाका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको वीरगञ्ज आगमनको समय नजिकिँदै गएको चर्चा स्थानीय स्तरमा फैलिँदै गएसँगै राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ। बालेन शाह वीरगञ्जतर्फ आउने तयारीमा रहेको जानकारीले रास्वपा समर्थक तथा युवाहरूमा विशेष उत्साह देखिएको छ।

उम्मेदवार हरिपन्तले आगामी दिनहरूमा पनि क्षेत्र नम्बर १ का अन्य वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्। उनले जनताको विश्वास र समर्थनलाई नै आफ्नो अभियानको मुख्य आधार बनाउँदै चुनावी गतिविधि थप प्रभावकारी बनाउने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ माघ २८,बुधबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद