Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“वीरगञ्जको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान भइसकेको छ : प्रदीप यादव”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् ।

वीरगञ्ज–३२ टेढा राम वनमा मङ्गलवार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू जनताकै माझमा आएर काम गरेको बताए ।

उनले भने, ‘जुन समयमा वीरगञ्जमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिकै म वीरगञ्ज आए । वीरगञ्ज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी खुवाउने काम गरे ।’

एमाले उम्मेदवारले अहिले वीरगञ्जमा कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको पनि बताए । उनले वीरगञ्जमा खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि त्यस बेला नै खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड बजेट वीरगञ्ज महानगरपालिकामा पठाएको र त्यो बजेटबाट खानेपानी आयोजना निर्माणका लागि टेन्डर निकालेर काम पनि सुरु भइसकेको उनले बताए । उनले भने,‘ यो आयोजना ३ वर्षभित्रमा सम्पन्न हुन्छ । त्यसपछि वीरगञ्जमा कहिल्यै पनि खानेपानीको समस्या हुँदैन ।’

त्यति मात्र नभई कोरोनाको महामारीका बेला आफ्नो ज्यान समेत दाउमा राखेर यादवले जनताको जीउ ज्यान रक्षाका लागि काम गरेको स्मरण गराए ।

यादवले संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि आफूले यसपालि उम्मेदवारी दिएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि हो । संविधान जोगियो भने मात्रै अहिलेसम्म प्राप्त मधेसका अधिकार जोगिन्छ ।

मधेसी, महिला, दलित, थारुको अधिकार सुरक्षित रहन्छ । यदि एमालेले जितेन भने मधेसका अधिकार खोसिने खतरा पनि छ । त्यसका कारण मलाई जिताएर पठाउनुस् मधेसको अधिकार म सुरक्षित गराउँछु ।’

एमाले उम्मेदवार यादवले सम्बोधन हुन बाँकी रहेका मधेसका अधिकार सम्बोधन गराउन संविधान संशोधन पनि गराउनुपर्ने आवश्यक रहेको र त्यसका लागि पनि एमालेलाई जनताले जिताएर पठाउनुपर्नेमा उनले जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु
मुख्य समाचार

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु

प्रकाशित : २०८२ माघ २७,मंगलवार
मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार
धर्म

मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद