Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अखिल नेपाल महिला संघ पर्साको भेला, एमाले उम्मेदवार यादवलाई जिताउने संकल्प

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अखिल नेपाल महिला संघ पर्साको भेला आज वीरगञ्जमा सम्पन्न भएको छ ।

भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने अभियानअन्तर्गत आयोजना गरिएको हो । भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि नेकपा एमालेको विजय आवश्यक रहेको बताइन् । उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन् । “एमालेले महिलाको हकहितका लागि नीति र व्यवहार दुवै तहमा काम गरेको छ, त्यसैले अबको निर्वाचनमा महिलाहरू एकजुट भएर एमालेका उम्मेदवारलाई जिताउन अग्रसर हुनुपर्छ,” उनले भनिन् ।

भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए। उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरेका छन् ।

अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर एमालेका उम्मेदवार यादवलाई जिताउन अभियान सञ्चालन गर्ने जानकारी गराइन् । उनले महिलाहरूको एकता र सक्रियताले पर्सा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् ।

भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प समेत व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ माघ २६,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद