Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विकासका अधुरा काम पूरा गर्ने प्रतिबद्धतासहित पर्सा–२ मा अजय चौरसियाको अभियान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २३,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसियाले आज बुधबार पनि भेला, भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्।

कार्यक्रमका क्रममा काँग्रेस नेता चौरसियाले क्षेत्रभित्र विकास निर्माणका अधुरा कामहरू क्रमशः पूरा हुँदै गएको बताएका छन्। उनले विभिन्न पुल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको र यसै वर्षदेखि निर्माण कार्य सुरु हुने जानकारी दिए।

चौरसियाका अनुसार पर्सा क्षेत्र नम्बर २ मा हालसम्म भएका धेरै विकास निर्माणका कामहरू नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन्। भेडाहा खोला लगायतका पुल निर्माण, सडक पिच गर्ने कार्य तथा विद्युत बत्ती व्यवस्थापनजस्ता योजनाहरू काँग्रेस सरकारकै पालामा अघि बढेको उनले उल्लेख गरे।

उनले सडक सञ्जाल विस्तार गरी गाउँगाउँसम्म उद्योग सञ्चालनको वातावरण बनाउने लक्ष्य रहेको बताउँदै विकासका सपना साकार पार्न जनताको साथ आवश्यक रहेको बताए। जनताले गरेका अपेक्षाहरू आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौरसियाले काँग्रेस सधैं जनताको सेवा, अधिकार र विकासका लागि तत्पर रहँदै आएको र आगामी दिनमा पनि रहने बताए।
अन्त्यमा उनले आफ्नो पक्षमा सहयोग गर्न र नेपाली काँग्रेसलाई विजयी बनाउन स्थानीय जनतालाई आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद