Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २२,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटैलिमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाले भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

वडा स्तरीय भेला तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले पछिल्लो समय धेरै नयाँ पार्टीहरू उत्पादन भएको र तिनका उम्मेदवार गाउँ–गाउँ तथा टोल–टोलमा पुगिरहेको उल्लेख गरे । उनले मतदातालाई अन्य उम्मेदवारहरूसँग एउटै प्रश्न गर्न आग्रह गर्दै भने, “तपाईंको पार्टीको इतिहास के छ ? सिद्धान्त के हो ? बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा विश्वास छ कि छैन ?”

चौरसियाले देशमा शान्ति स्थापना, जनताको अधिकार सुनिश्चित गर्न र लोकतन्त्रका लागि बलिदान दिने पार्टी नेपाली काँग्रेस मात्रै रहेको दाबी गरे । साथै विकास निर्माणको क्षेत्रमा पनि काँग्रेस ऐतिहासिक रुपमा अग्रसर रहँदै आएको बताए ।

उनले हिजो, आज र भोलि सधैं जनताको हितमा सोच्ने पार्टी नेपाली काँग्रेसलाई यसपटकको निर्वाचनमा ऐतिहासिक विजय दिलाउन अपिल गरे । नेपाली काँग्रेसको अनवरत संघर्षपछि मात्रै देशमा प्रजातन्त्र बहाली भएको पनि उनले स्मरण गराए ।

लोकतान्त्रिक व्यवस्थामाथि लागेको अन्धकार हटाउन तथा उज्यालो भविष्य निर्माणका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको उनले बताए ।

जनताको हितका लागि व्यक्तिगत तवरबाट पनि सहकार्य र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद