Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको जनसम्पर्क अभियान, शिक्षा–रोजगारी र महिलाको स्वरोजगारमा जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २२,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ को धायनसिंह पिपरा गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जेन्जी युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

घरदैलो अभियानका क्रममा रास्वपाका नेताहरूले “हाम्रो लागि होइन, हाम्रो सन्ततिका लागि नयाँ नेतृत्व” भन्ने नारालाई केन्द्रमा राख्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूले परम्परागत राजनीतिबाट देशले अपेक्षित परिवर्तन पाउन नसकेको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ दृष्टिकोण र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै रास्वपाका प्रतिनिधिहरूले स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार, युवालाई रोजगारीका अवसर सिर्जना, महिलालाई स्वरोजगारमार्फत आर्थिक सशक्तीकरण तथा समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा व्यवहारिक र दीर्घकालीन विकास योजनाहरू अघि बढाइने जनाइएको छ।

घरदैलो अभियानमार्फत स्थानीय टोल–टोलमा सुशासन, पारदर्शिता र व्यवहारिक विकासको सन्देश प्रवाह गरिने र जनताको प्रत्यक्ष सुझावलाई नीतिगत प्राथमिकतामा समेटिने रास्वपाको भनाइ छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि नयाँ राजनीतिक शक्तिप्रति चासो र अपेक्षा व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद