Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नं.–१ मा रास्वपा उम्मेदवार हरि पन्तको घरदैलो अभियान तीव्र, भन्सार एरियाका स्थानीयद्वारा भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई वीरगन्ज भन्सार एरियाका स्थानीय नागरिकहरूले भव्य स्वागत गरेका छन्। आज रास्वपाद्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रमका क्रममा पन्तलाई स्थानीयवासीहरूले आत्मीय स्वागत गर्दै समर्थन जनाएका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय वीरगन्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे। उनले मुलुकलाई सुशासन, पारदर्शिता र समृद्धिको यात्रातर्फ उन्मुख गराउन रास्वपा सक्षम रहेको उल्लेख गर्दै आफूहरू निस्वार्थ रूपमा पार्टीलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रमअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका थिए। उनले विगत ३५ वर्षदेखि देशको नेतृत्व गर्दै आएका दलका उम्मेदवारहरू मत माग्न आएमा “अहिलेसम्म के–के गर्नुभयो र अब जितेपछि के गर्नुहुन्छ ?” भन्ने प्रश्न गर्न आम मतदातालाई आग्रह गरेका थिए ।
पन्तले पुरानै दलहरूलाई पुनः मतदान गरेर जेन्जी आन्दोलनको उपहास नगर्न समेत मतदातासँग अपिल गरे। उनले नयाँ सोच, नयाँ नेतृत्व र जवाफदेही राजनीतिक संस्कार स्थापित गर्न रास्वपाको विकल्प अपरिहार्य रहेको बताए।

घरदैलो अभियानका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए। उनले जनताको प्रत्यक्ष सहभागितामार्फत राजनीति सुधार गर्ने र संसदमा जनआवाज सशक्त रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेक थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पन्तको उम्मेदवारीलाई वैकल्पिक राजनीतितर्फको आशाका रूपमा लिँदै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि घरदैलो, जनसंवाद तथा सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद