Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ का रास्वपा उम्मेदवार कानुद्वारा जिउँदो शहीद मुन्सी पटेलको स्वास्थ्य अवस्थाबारे जानकारी, नारायणी अस्पतालमा भेट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २८ बगही निवासी जिउँदो शहीद मुन्सी पटेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले नारायणी अस्पतालमा भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन्।
२०७२/७३ सालको मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर रूपमा घाइते भएका मुन्सी पटेल लामो समयदेखि शारीरिक पीडासँग संघर्ष गर्दै आएका छन्। आन्दोलनकै क्रममा ढाडमा गहिरो चोट लागेपछि हाल उनको शरीर ढाडभन्दा तलको भाग काम नगर्ने अवस्थामा पुगेको छ। लामो समयसम्म घरमै उपचार र विभिन्न अस्पतालमा उपचार गराउँदै जीवन संघर्ष गरिरहेका पटेललाई मधेस आन्दोलनका ‘जिउँदो शहीद’का रूपमा चिनिन्छ।

नारायणी अस्पतालमा उपचाररत पटेललाई भेट्दै उम्मेदवार कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटका क्रममा कानुले आन्दोलनका क्रममा बलिदानजस्तै जीवन बिताउन बाध्य भएका घाइतेहरूको राज्यले उचित सम्मान, उपचार र पुनःस्थापनाको जिम्मेवारी लिनुपर्ने बताए। “राजनीतिक परिवर्तनको मूल्य यस्ता व्यक्तिहरूले आफ्नो जीवनबाट चुकाएका छन्,” उनले भने, “उनीहरूको पीडा केवल सहानुभूतिमा सीमित नराखी ठोस नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्छ।”

कानुले रास्वपाले घाइते, अपाङ्गता भएका आन्दोलनकारी तथा जिउँदो शहीदहरूको विषयलाई गम्भीरतापूर्वक उठाउँदै आएको उल्लेख गर्दै स्वास्थ्य उपचार, आर्थिक सहयोग र सामाजिक सुरक्षाका विषयमा दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता जनाए।
मुन्सी पटेलका परिवारजनले पनि राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै उपचार र जीवनयापनका लागि निरन्तर संघर्ष गर्नुपरेको बताए। उनीहरूले राजनीतिक दल र जनप्रतिनिधिहरूले चुनावी समयमै होइन, स्थायी रूपमा यस्ता पीडितप्रति चासो देखाउनुपर्ने धारणा राखेका थिए ।

भेटपछि कानुले पर्सा–२ मा रहेका आन्दोलनका घाइते, पीडित र उपेक्षित समुदायको आवाज संसदसम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सामाजिक न्याय र सम्मानजनक जीवन रास्वपाको मुख्य एजेन्डा रहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद