Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘पीडामाथि पीडा आए पनि जनताको पक्ष छाडिनँ’ : पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले मंगलबार पनि भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्। पर्सागढी नगरपालिकाको वडा नम्बर–३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले भोगेको व्यक्तिगत पीडा र जनताप्रतिको प्रतिबद्धता सार्वजनिक गरेका छन्।

घरमा आगलागी भई सम्पूर्ण सामान नष्ट भएको घटनालाई स्मरण गर्दै चौरसिया भावुक बने। ‘घर जलेपछि फर्किँदा मेरो आँखाबाट आँसु झरेको थियो,’ उनले भने, ‘यस घटनामा जेन–जी नभई अन्यको संलग्नता रहेको कुरा स्पष्ट छ।’ कठिन परिस्थितिका बाबजुद पनि जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको र भविष्यमा पनि यही प्रतिबद्धता कायम रहने उनले बताए।

चौरसियाले व्यक्तिगत पीडाभन्दा जनताको दुःख–पीडालाई सधैं अघि राखेको उल्लेख गर्दै नेपाली कांग्रेस ऐतिहासिक रूपमा जनताको हक–अधिकारका लागि संघर्षरत पार्टी भएको दाबी गरे। ‘कांग्रेसले सधैं जनताको आवाज बोकेको छ,’ उनले भने।

उनले अन्य दलको भ्रममा नपरी कांग्रेसका चारै निर्वाचन क्षेत्रका उम्मेदवारलाई विजयी गराउन मतदाता र कार्यकर्तालाई आग्रह गरे। पर्सा–२ मा आफूलाई विजयी गराउन घर–घरमा पुगेर प्रचार–प्रसार गर्न पनि उनले कार्यकर्तालाई आह्वान गरे।

कार्यक्रममा कृषि मन्त्री श्यामप्रसाद पटेल, वडा अध्यक्ष सुकमन तामाङ, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, अगुवा नेता चिन पाख्रिन, प्रेम लामा, रामराज चौधरी, करिश्मा चौधरी, सुन्दर मैनाली, भागवत चौधरीलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ माघ २०,मंगलवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद