Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘जनताको सुख–दुःखमा साथ नदिने नेता नचुन्नुहोस्’ : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेकपा एमाले उम्मेदवार प्रदीप यादवले जनताको हरेक सुख–दुःखमा साथ दिँदै आएका नेतालाई मात्र मतदान गर्न आग्रह गरेका छन्।

मंगलबार वीरगञ्जमा आयोजित नेकपा एमाले पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले चुनावका बेला मात्र देखिने र अन्य समयमा जनताबाट टाढा रहने नेताप्रति सजग हुन मतदातालाई आग्रह गरे।

‘चुनाव आउँदा मात्रै देखा पर्ने र अरू बेला गायब हुने नेताहरू फेरि उम्मेदवार बनेर आएका छन्,’ उनले भने, ‘जनताको हरेक सुख–दुःख, आपत्–विपत्मा साथ दिँदै आएको उम्मेदवारलाई नै भोट दिएर जिताउनुपर्छ।’

यादवले यसपटकको निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रमा जनताको समस्या र पीडामा साथ दिने उम्मेदवार एमालेले अघि सारेको दाबी गरे। उनका अनुसार त्यसकै कारण चारवटै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने विश्वास छ।

‘चारवटै क्षेत्रमा एमालेलाई अत्यधिक बहुमतका साथ जिताउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने, ‘यो चुनावमा एमाले नै जित्छ, संविधान पनि जोगाउँछ।’

वीरगञ्जसहित पर्साका विभिन्न पालिकामा खानेपानीको गम्भीर समस्या देखिँदा अहिले उम्मेदवार बनेर आएका कतिपय नेताहरू जनताको दैलोमा नदेखिएको यादवको आरोप छ। ‘त्यो बेला म खानेपानी मन्त्री थिएँ,’ उनले भने, ‘म आफैं जनताको घर–घरमा पुगेँ, पानी खुवाएँ। दुःख र विपत्को बेला साथ दिने नेता को हो भन्ने कुरा जनताले बिर्सनु हुँदैन।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २०,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद