Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पचरौतामा विभिन्न दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर, बारा–२ मा कांग्रेसको जनआधार बलियो बन्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

बारा — पचरौटा नगरपालिका क्षेत्रमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नं. २ मा नेपाली कांग्रेसप्रति जनआकर्षण तीव्र रूपमा बढेको देखिएको छ।

हालै आयोजित एक कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ता, जेन्जी युवादेखि ज्येष्ठ नागरिकसम्म, संगठित रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई बारा क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भैयाराम यादवले खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले लोकतन्त्र, समावेशी विकास र जनताको अधिकार सुनिश्चित गर्ने एक मात्र भरोसायोग्य शक्ति नेपाली कांग्रेस भएको उल्लेख गरे। उनले भने, “देशलाई स्थायित्व, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन कांग्रेसको विकल्प छैन। आज विभिन्न दलबाट निराश बनेर कांग्रेसमा प्रवेश गर्नु भएको सबैलाई म हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु।”

यादवले पछिल्लो समय बारा–२ मा कांग्रेसप्रति देखिएको समर्थनले पार्टीको जनआधार थप मजबुत बन्दै गएको दाबी गरे। उनले नवप्रवेशीहरूलाई पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रहसमेत गरेका थिए ।

कार्यक्रममा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले कांग्रेसको इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र जनमुखी एजेन्डाबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार यादवले पार्टी प्रवेश कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेलेका कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ संगठित भएर चुनावी मैदानमा उत्रिनुपर्नेमा जोड दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

डकैला बहुअरीमा रास्वपाको घरदैलो, किसान र युवाका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता
मुख्य समाचार

डकैला बहुअरीमा रास्वपाको घरदैलो, किसान र युवाका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता

प्रकाशित : २०८२ माघ १९,सोमबार
पिपरामा रास्वपाको निर्वाचन परिचालन कमिटी गठन सबैठवामा सयौँ जेन्जी युवा रास्वपामा प्रवेश, पर्सामा जनआधार विस्तार
मुख्य समाचार

पिपरामा रास्वपाको निर्वाचन परिचालन कमिटी गठन सबैठवामा सयौँ जेन्जी युवा रास्वपामा प्रवेश, पर्सामा जनआधार विस्तार

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद