Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्थानीयमै उच्च शिक्षा र कृषिमा आत्मनिर्भरता मेरो प्राथमिकता : पर्सागढी–९ मा रास्वपा उम्मेदवार कानु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ९ को टोल एकटाँगामा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। स्थानीय जनताको बाक्लो उपस्थितिसहित सम्पन्न कार्यक्रममा शिक्षा र कृषि क्षेत्रलाई केन्द्रमा राखिएको प्रतिबद्धताले विशेष ध्यान खिचेको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय कृषक, युवा तथा किशोर–किशोरीहरूको आवश्यकता र समस्यालाई नजिकबाट बुझ्दै समाधानमुखी प्रतिबद्धता व्यक्त गरे। उनले विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थी, विशेषतः किशोरीहरू उच्च शिक्षा हासिल गर्न सदरमुकाम वीरगञ्जसम्म जानुपर्ने बाध्यता हटाउन पहल गरिने बताए। स्थानीय तहमै उच्च शिक्षाको पहुँच विस्तार गरिने उल्लेख गर्दै उनले सुरक्षित, सहज र सुलभ शैक्षिक वातावरण निर्माण आफ्नो प्राथमिकता हुने स्पष्ट पारे।

“उच्च शिक्षा पहुँचको अभावका कारण धेरै किशोरीहरू अध्ययनबाट वञ्चित भइरहेका छन्,” कानुले भने, “अब शिक्षा वीरगञ्जमा मात्रै सीमित रहनु हुँदैन, स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराइनुपर्छ।” उनले यसका लागि आवश्यक संरचना, नीति र सरोकारवाला निकायसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाए।
यसैगरी कानुले स्थानीय कृषकहरूको मुख्य जीविकोपार्जनको आधार कृषि र पशुपालन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर आधुनिक र व्यावहारिक योजना ल्याइने जिकिर गरे। पशुपालनमार्फत आयआर्जन वृद्धि गर्न तालिम, प्रविधि हस्तान्तरण, सहुलियत ऋण तथा बजार पहुँच सुनिश्चित गर्न आफूले पहल गर्ने बताए। कृषि पेशालाई सम्मानजनक र लाभदायी बनाउन नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा र कृषि क्षेत्रलाई जोडेर प्रस्तुत गरिएको दृष्टिकोणलाई सकारात्मक रूपमा लिँदै परिवर्तनको आशा व्यक्त गरेका थिए। उनीहरूले विगतमा उपेक्षित ग्रामीण भेगका समस्या अब संसद्मा प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारको आवश्यकता रहेको धारणा राखेका थिए।

घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रास्वपा उम्मेदवार कानुको सरल शैली, स्पष्ट प्रतिबद्धता र स्थानीय सरोकारप्रतिको चासोलाई सकारात्मक संकेतका रूपमा हेरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद