Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाई–२ मा कांग्रेसको अगुवा कार्यकर्ता भेला, १० वर्षमै ग्रामीण भेग वीरगन्जजस्तै विकसित हुने अजय चौरसियाको दाबी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १८,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आइतबार बिहान पिपरास्थित बहुदरमाई मन्दिर प्रांगणमा आयोजित भेलामा सम्बोधन गर्दै पर्सा क्षेत्र नं। २ का नेपाली काँग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले पर्सा–२ का ग्रामीण भेग आगामी १० वर्षभित्र वीरगन्ज शहरजस्तै विकसित हुने दाबी गर्नुभएको छ।

उहाँले बिन्दवासिनी क्षेत्रमा नेपाली काँग्रेसका नेताहरूको पहलमा जग्गा पोलिटेक्निकल इन्स्टिच्युट निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। साथै खेलकुद रंगशाला निर्माणको प्रयास भइरहेको, सडक लगायतका भौतिक पूर्वाधारका काम अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनपछि यी सबै योजनाले थप तीव्रता लिने बताउनुभयो।

कांग्रेस उम्मेदवार चौरसियाले राणाशासनको अन्त्य नेपाली काँग्रेसको नेतृत्वमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका महान व्यक्तित्वहरूले गरेको स्मरण गराउँदै जिम्दारी शासन उन्मूलन, प्रजातन्त्र बहाली, मधेस विकासका लागि मेची–महाकाली सडक जोड्ने कार्य समेत काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको बताउनुभयो।

उहाँले वर्तमान अवस्थामा पनि जनताको हकअधिकारका लागि काँग्रेस निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै क्षेत्र नं। २ सहित देशभर नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो।

बहुदरमाई नगरपालिका वडा नम्बर २ का काँग्रेस बुथ सभापति मोही रहमान हवारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मधेस प्रदेशका कृषि मन्त्री श्याम पटेल, काँग्रेस केन्द्रीय सदस्य रामरुप कुर्मी, क्षेत्रीय सभापति महमद साहबुदिन, वडाध्यक्ष जितेन्द्र पटेललगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ माघ १८,आईतवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ माघ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद