Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

झुटा आश्वासन होइन, स्पष्ट भिजन चाहिन्छ — उम्मेदवार रुङटा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, पिपरा — नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले बहुरुपिया उम्मेदवारहरूको झुटा आश्वासन र प्रलोभनमा नपरी देश विकासको स्पष्ट भिजन र दीर्घकालीन योजना बोकेको दललाई मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ।

नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नं। १४ का बुथ सभापति बिसेश्वर पटेलको अध्यक्षतामा पर्साको पिपरामा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङटाले विगतका निर्वाचनमा स्पष्ट संकल्प र दीर्घकालीन योजना नभएका दल तथा उम्मेदवारलाई जिताउँदा जनताले अपेक्षित उपलब्धि पाउन नसकेको बताउनुभयो।

उहाँले माओवादी र मधेसवादी दलहरूले पटक–पटक मत प्राप्त गरे पनि जनताको जीवनस्तरमा ठोस सुधार आउन नसकेको उल्लेख गर्दै अब विगतका गल्तीबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। युवाको नाममा विभिन्न भ्रम, प्रपञ्च र षड्यन्त्र फैलाएर मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो।

“सधैँ चटकिला र आकर्षक नारामा मात्रै परेर मतदान गर्दा देश र जनताको विकास कहिले हुन्छ रु” भन्दै रुङटाले यसपटक नेपाली काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो। उहाँले विगत २० वर्षमा हुन नसकेको विकास नेपाली काँग्रेसका सभापति गगन थापाको नेतृत्वमा बन्ने सरकारले आगामी पाँच वर्षभित्र गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भ्रम, जालझेल र झुटा आश्वासनमा नपरी काँग्रेसलाई मतदान गरे देशमैत्री आर्थिक नीति निर्माण, विकासको गति तीव्रता र रोजगारी सिर्जनाको वातावरण तयार गरिने उहाँको दाबी थियो।
कार्यक्रममा स्थानीयवासीहरूको जिज्ञासाको जवाफ दिँदै नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पिपरा टोलको सडक समस्या समाधानका लागि मधेस प्रदेश सरकारले छिट्टै १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै श्मशान घाट, कब्रगाह तथा मन्दिर व्यवस्थापनका विषयमा पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।

भेटघाट कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १८,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद