Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमालेको नेतृत्वमा रहेको सरकारले कांग्रेसलाई कमजोर बनाउने प्रयास गरिरहेको छ: नैनसिंह महर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १२,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमाले नेतृत्वको सरकारमाथि नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले कांग्रेस र एमालेबीच ७ बुँदे सहमतिका आधारमा गठन भएको वर्तमान सरकार जनताको हितमा कुनै पनि प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे।

‘सरकार बनेको वर्षदिनमा जनतामा उत्साह छैन’

“सरकार बनेको एक वर्ष पुग्न लागिसक्यो, तर जनतामा आशा जगाउने खालको काम सरकारबाट देखिएको छैन,” महरले भने, “सरकारमा कांग्रेस पनि सहभागी छ, तर नेतृत्व गरिरहेको एमालेले कांग्रेसलाई निरीह बनाउने गरी हालीमुहाली जमाएको छ। संघ, प्रदेश र स्थानीय तह सबैमा कांग्रेस सबभन्दा ठूलो दल हुँदाहुँदै पनि अहिलेको स्थितिमा कांग्रेस कमजोर हुँदै गएको छ।”

पार्टी शुद्धिकरणको खाँचो, महाधिवेशनमा ढिलाइ

राजनीतिक दलहरूमा शुद्धिकरण आवश्यक रहेको उल्लेख गर्दै महरले कांग्रेसभित्रैबाट अभियान सुरु हुनुपर्ने बताए। साथै, उनले कांग्रेस नेतृत्वले पार्टीको १५औं महाधिवेशनलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए। “निर्धारित समयमा महाधिवेशन हुनसक्ने सम्भावना झनै क्षीण हुँदै गएको छ,” महरले भने, “देशभरका नेता–कार्यकर्ताले दबाब नदिएसम्म महाधिवेशन समयमै नहुने देखिन्छ।”

बजेटमा मधेस प्रदेशमाथि विभेद

फरक प्रसंगमा बोल्दै महरले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मधेस प्रदेशसँग पुनः विभेद भएको आरोप पनि लगाए। “मधेस प्रदेशले देशकै सबैभन्दा धेरै राजस्व संकलन गर्छ, रेमिट्यान्स पनि यतैबाट आउँछ, तर बजेटमा त्यो योगदानको कदर छैन,” उनले भने।

‘बजेट ब्रम्हलुटको आधारमा आएको छ’

उनले केन्द्र, प्रदेश र स्थानीय तहबाट प्रस्तुत भएका बजेटहरू जनसेवा नभई ब्रम्हलुटको मानसिकताबाट प्रेरित रहेको आरोप लगाए। “देशमै रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्न र विदेश गएका युवालाई फर्काउने वातावरण बनाउनुपर्नेछ,” महरको भनाइ थियो।

कार्यक्रममा कांग्रेस नेताहरूको उपस्थिति

पत्रकार सम्मेलनमा प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता रहेको थियो। कार्यक्रममा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, मधेस प्रदेश लेखा समिति सदस्य राहुल गुप्ता लगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार १२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद