Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगन्जमा निर्माणाधीन कभर्ड हलकाे फलामे डन्डी चाेरी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०८चैत । वीरगन्जको नारायणी रंगशालाको दक्षिणपट्टि निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको टाइम बिमको १४१ वटा फलामे डन्डी चोरी भएको पाइएको छ । चोरले बिमको डन्डी काटेका छन् । कभर्ड हलमा कूल ११४ वटा पिलर छन् ।

एउटा पिलरमा १६ वटा डन्डी राखेर ढलान गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख जियाउल इस्लामका अनुसार लागूपदार्थको दुर्व्यसनमा लागेका युवाहरुले फलामे डन्डी काटेर लगेको बताउँछन् । नारायणी रंगशाला वरिपरि अहिले लागूऔषध दुर्व्यसनीको अखडा बनेको छ । खेलकुद समितिका प्रमुख इस्लामका अनुसार रातको समयमा र छुट्टीको दिन पारेर टाइम बिमको फलामे डन्डी काटेर लगेका हुन् । डन्डी चोरीको घटनाबारे खेलकुद समितिले स्थानीय प्रहरी प्रशासनमा निवदेन दिएको छ ।

टाइम बिममाथि पिलर निर्माणका लागि जोडिएका डन्डीहरु काटेर लागेपछि निर्माणमा थप जटिलता थपिएको उनले बताए । ‘ठेकेदारले ढलान भइसकेको बिम फोडेर फेरि डन्डी जडान गर्नुपर्ने हुन्छ,’ मध्यमाञ्चाल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख जियाउल इस्लामले भने, ‘समय र आर्थिक भार थपियो ।’ उनका अनुसार खेलकुद पूर्वाधारप्रति समाजको नजरिया परिवर्तन नहुन्जेल संरचना संरक्षण हुँदैन । केही महिना अगाडि रंगशाला नजिकै गाउँका एक युवक निर्माणाधीन प्याराफिटबाट स्टिल पाइप (एमएस प्रप्स) चोरेर कबाडमा बिक्री गर्ने क्रममा पक्राउ परेका थिए ।

फुटबल रंगशालाको समेत फलामे डन्डी र इँटा चोरेर लैजाने गरेका छन्,’ मध्यमाञ्चल खेलकुद विकास समितिका प्रमुख इस्लाम भन्छन्, ‘बिहान मर्निङ वाकका लागि मोटरसाइकल र गाडीमा रंगशाला पुग्ने स्थानीय पनि मैदा भित्रै सवारी साधन पार्क गर्ने गरेका छन् । सवारी साधनभित्र लैजानमा रोक लगाउँदा कुट्नै आउँछन् ।’ पछिल्लो समय खेलकुद विकास समितिले रंगशालाभित्र सवारी साधनमा रोक लगाएको सूचना नै मुख्य गेटमा टाँसेको छ । सवारी साधन भित्र लैजाँदा एथलेटिक्सका खेलाडीहरुका लागि निर्माण गरिएका ट्य्राक पुरिने र खाल्डाखुल्डी बन्ने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा बनाइएकाे डीपीआर बमोजिम १६ करोड रुपैयाँको लागतमा राष्ट्रिय खेलकुद परिषद्ले वीरगन्जमा बहुउद्देश्यीय कभर्ड हल निर्माण थालेको हो । टाइम बिम निर्माणका लागि सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो । ठेकेदार कम्पनीले १ करोड १३ लाख रुपैयाँमा ठेक्का सकार गरी टाइम बिम निर्माण गरेको छ । चालु आर्थिक वर्षमा सरकारले थप १ करोड रुपैयाँ कभर्ड हलका लागि छुट्याएको छ ।

मध्यमाञ्चाल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर शिवचन्द्र यादवका अनुसार उक्त रकमबाट माटो पुर्ने र भित्रै प्याराफिट बनाउने योजना छ । ‘कभर्ड हल भित्रै पूर्व र पश्चिमपट्टि चार मिटरसम्मको प्याराफिट निर्माण हुनेछ,’ इन्जिनियर यादवले भने, ‘यसका लागि ठेक्का आह्वानसमेत भइसकेको छ ।’ इन्जिनियर यादवका अनुसार ६५ मिटर लम्बाई र ४५ मिटर चौडाई क्षेत्रफल भएको बहुउद्देश्यीय कभर्ड हलभित्र तेक्वान्दो, कुस्ती, कराते, जुडोलगायतका इन्डोर खेल खेल्ने सुविधा रहने छ ।कान्तिपुर /भूषण यादव

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद