Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पिएम कपको तयारीमा वीरगंज महानगर दिन–रात सक्रिय, मेयर सिंह आफैं मैदानमा उत्रिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १९,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगंज महानगरपालिकाले तीव्रता दिएको छ। प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न अहिले दिन–रात नभनी मर्मत तथा निर्माण कार्य भइरहेको छ।

तयारीको पछिल्लो अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह स्वयं राति अबेरसम्म मैदानमा खटिनु भएको छ। शनिबार राति करिब १० बजे नारायणी क्रिकेट मैदान पुग्नुभएका मेयर सिंहले निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै कामलाई अझ तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

“खेलकुदको माध्यमबाट वीरगंजको पहिचान र गरिमा बढाउनुपर्छ, त्यसैले तयारीमा कुनै कमजोरी हुन दिने छैनौं,” निरीक्षणका क्रममा उहाँले भन्नुभयो।

हाल मैदानको मुख्य पिच यसअघि नै तयार भइसकेको छ। तर प्रतियोगिताअघि खेलाडीहरूलाई अभ्यासका लागि थप पिच आवश्यक परेपछि नयाँ पिच निर्माणको काम सुरु गरिएको छ। मुख्य पिचको पश्चिमतर्फ रहेको खाली स्थानमा माटो भरेर नयाँ अभ्यास पिच बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ। रातको समयमा समेत पिच निर्माण र मैदान सम्याउने काम जारी रहेको छ।

प्रतियोगिता नजिकिँदै जाँदा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन, प्राविधिक पूर्वाधार र समग्र सुविधालाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ। तराईको चिसो मौसमका बाबजुद पनि राति १०–११ बजेसम्म मेयर स्वयं उपस्थित भएर अनुगमन गर्दा निर्माण टोलीका सदस्य र स्थानीय खेलप्रेमीहरूमा थप उत्साह देखिएको छ।

पिएम कप क्रिकेट प्रतियोगिताको सफल आयोजनाले वीरगंजलाई पुनः राष्ट्रिय क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। खेलकुदमार्फत शहरको पहिचान विस्तार र युवा पुस्तामा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८२ माघ १९,सोमबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८२ माघ १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद