Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

भारतीय क्लब वन्डरर्ससँग ८ विकेटले हार्‍यो एपीएफ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ९,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा भारतको नोयडास्थित वन्डरर्स क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ ।

वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतीय क्लब वन्डरर्सले १६.२ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

वन्डरर्सका लागि ओपनर रितिक वत्सले ४६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २१ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । अर्का ओपनर रितिक अरोरा भने १२ रनमा आउट भएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान सिद्धार्थ गोस्वामीले टोलीका लागि अविजित ४३ रनको योगदान गरे । उनले ३४ बलमा दुई छक्का र चार चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका हर्षित सेठीले पनि टोलीका लागि अविजित ४५ रनको योगदान गरे ।

हर्षितले ३५ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काएका थिए । वन्डरर्सले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो । एपीएफ क्लबका बलर कमल खत्री र विपिन खत्रीले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा तीन खेल खेलेको वन्डरर्सको यो पहिलो जित हो । वन्डरर्स यसअघि दुई खेलमा पराजित भएको थियो । तीन खेल खेलेको एपीएफको यो दोस्रो हार हो । यसअघि एपीएफले एक खेलमा जित हात पारेको थियो ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबका लागि ओपनर हरिशंकर शाहले २३ र आसिफ शेखले १९ रनको योगदान गरेका थिए । हरिशंकरले २५ बलमा चार चौका थत आसिफले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।

 

कप्तान प्रदीप ऐरीले पनि टोलीको खातामा २४ रन थपे । उनले २२ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । सुमित महर्जन ११ रनमा आउट भए । सन्दीप जोराले २० रन बनाए । उनले १५ बलमा दुई चौका हिर्काए । लोकेश बमले अविजित १९ रन र अमर रौतेलाले अविजित १७ रन बनाए ।

एपीएफ क्लबले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । वन्डरर्सका बलर अलिप्त गुप्ताले दुई विकेट लिए । हर्षित सेठी, सञ्जिव चतुर्वेदी र रितिक वत्सले पनि एक–एक विकेट हात पारे । एपीएफ क्लब यसअघि आफूले खेलेको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतीय क्लब वन्डरर्सले भने यसअघि आफूले खेलेको दुबै खेलमा पराजय भोगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०८० पुष ९,सोमबार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० पुष ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद