Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज गोल्डकप : पुलिस क्लब सेमीफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २०,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल पुलिस क्लब वीरगञ्जमा जारी ‘प्रथम वीरगञ्ज गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सोमबार भएको खेलमा सीलाईभ हाउस डम–डम कलकत्तालाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो ।

आदर्शनगर मैदानमा भएको खेलमा शुरुदेखि नै पुलिसले डम–डमलाई दवावमा राख्यो । पहिलो हाफमा जर्सी नं ८ का खेलाडी प्रताप गुरुङले सानदार प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको २३ औं, ३१ औं र ३३ औं मिनेटमा लगातार गोल हानेका थिए । पुलिसकै २४ नं जर्सीका खेलाडी विवेक सन्तेषीले ३५ औं र १४ नं का प्रविण थापाले ४५ औं मिनेटमा गोल गरेर टीमलाई ५–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि पुलिस नै हावी देखियो । डम–डमले गोल भने गर्न सकेन । डम डमका जर्सी नं १० ले गरेको प्रहार पुलिसका किपरले समातेर गोल हुनबाट बचाएका थिए । पुलिसका प्रताप गुरुङले ६१ र ६२ औं मिनेटमा थप दुई गोल गरेर व्यक्तिगत गोल पाँच बनाए । ३९ औं मिनेटमा पुलिसका खेलाडीले डि एरियामा फल गरेपछि डम–डमले पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई गोलमा परिवर्तन गर्दै डम–डमका जर्सी नं ७ का अमन मुन्सीले सान्त्वना गोल फर्काए । म्यान अफ दी म्याच प्रतापले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद