Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब सख्तर डोनेस्कविरुद्ध २–१ को जित निकालेको छ ।

च्याम्पियन्स लिगको जारी सिजनमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो ।

बुधबार राति सम्पन्न खेलमा घरेलु समर्थकमाझ बार्सिलोनाका फेरान टोरेस र फर्मिन लोपेजले गोल गरे । डोनेस्कका जिओर्जि सुदाकोभले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् ।

फेरान टोरेसले खेलको २८औँ मिनेटमा अग्रता बनाएका थिए । फर्मिन लोपेजले ३६औँ मिनेटमा दोस्रो गोल गरे । टोरेसले नै गोलको लागि बनाएको अवसर सदुपयोग गर्दै लोपेजले अग्रता दोब्बर पारेका थिए ।

पाहुना टिमका जिओर्जि सुदाकोभले ६२औँ मिनेटमा गोल गरेपनि त्यो पर्याप्त भएन । बार्सिलोनाका प्रमुख फरवार्ड रोबर्ट लेवान्डोवस्की चोटका कारण यो खेलमा पनि उपलब्ध थिएनन् ।

बुधबार नै भएको समूहकै अर्को खेलमा इभानिल्सनको ह्याट्रिकप्रेरित एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४–१ ले हराएको छ ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । यस्तै, ६ अंकसहित पोर्टो दोस्रो, तीन अंकसहित सख्तर तेस्रो र अंकविहीन रोयल एन्टवार्प तालिकाको पुछारमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद