Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

हान्झाउ,८ असोज । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो ।

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

पहिलो खेलमा भियतनामविरुद्ध घाइते भएकी सरु लिम्बुले भने एसियाडको बाँकी खेल गुमाउनेछिन् ।

नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

यस्तै महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले जापानसँग खेल्दैछ ।

समूह बी अन्तर्गत उक्त खेलमा देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा महिला टोलीले लगातार दोस्रो पटक खेल्न लागेको हो ।

श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिनु गुरुङ र रिन्छेन मोक्तान छन् । सभार : अनलाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०८० आश्विन ८,सोमबार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद