Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मुद्दाको पेसी सरेपछि सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १०,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।

पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए ।

नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।

नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।

नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ । सभार : अनलाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० भाद्र १०,आईतवार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० भाद्र १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद