वीरगंज,१३ पुष । बाराको परवानीपुर गाउँपालीकाको सोमबार ११ औ विशेष गाउँसभा समपन्न भएको छ । गाउँपालीका स्थित श्री भोज भगत माध्यमिकको सेमीनार हलमा समपन्न भएको हो ।
बिशेष गाउँसभामा सहभागी गाउँपालीका सदस्यहरुले आ- आफना वडाको बिभिन्न विषय वस्तुहरुमा छलफल गरेका थिए । गाउँसभामा सदस्यहरुले गाउँपालीकाको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्ने कार्यहरुको बारेमा विशेष छलफल गरेका थिए । अधिकांस सदस्यहरुले यस अघि भएको गाउँसभाले विभिन्न निर्णयहरु गरे पनि कतिपय योजनाहरु कार्यानयन नभएकोमा गाउँपालीका अध्यक्षलाई प्रश्न पनि गरेका थिए ।
सभामा उठेका अधिंकाश सदस्यहरुको प्रश्नको जवाफ दिदै गाउँपालीका अध्यक्ष रामक्षत्री प्रसाद पटेलले सबैको साथ र सहयोगमा गाउँपालीकाको बिकास गर्ने बताए ।
उनले सभामा सदस्यहरुले उठाएका सबै विषय वस्तुहरु जायज भएको र आफु सबै विषय वस्तुलाई समेटेर अगाडी बढने प्रतिबद्धता जनाए । प्रमुख क्षत्रीले कतिपय योजनाहरु कानुनी कडचनलले रोकिएको र यो सभापछी गाउँपालीकामा नगर प्रहरी भर्ना,फोहोर बयवस्थापन, विधालयमा शिक्षकको बयवस्थापन लगायतका कामहरु छिटै गर्ने बताए ।
उनले आफु गाउँपालीकाको बिकासको लागी दिनरात लागी परेको र यस कार्यमा सबैको साथ र सहयोगको आवश्यक रहेकोले सबैलाई यस कार्यमा साथ र सहयोग गर्न अनुरोध गरेका थिए ।
गाउँसभामा गाउँपालीकाको प्रगती विवरण लगायत गर्नु पर्ने विभिन्न योजनाहरुको प्रस्तुती गाउँपालीकाका प्रमुख प्रशाासकिय अधिकृत मुन्ना साह रौनीयारले गरेका थिए । कार्यक्रममा गाउँपालीका उप प्रमुख सुगान्धी देवी कनुइन, पाच पटै वडाका वडा अध्यक्ष, गाउँपालीका सदस्य, वडा सदस्य, गाउँपालीकाका कर्मचारी लगायत संचारकर्मीको पनि उपस्तिथी रहेको थियो ।