Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख ११,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ११ वैशाखः पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्त ९हरी पन्त० को निरन्तर पहलपछि वीरगन्ज महानगरपालिकाले गर्दै आएको कर संकलनविरुद्ध महत्वपूर्ण न्यायिक निर्णय आएको छ। जनहितको विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका पन्तको सक्रियताले अन्ततः उच्च अदालतबाट राहत दिलाएको हो।

उच्च अदालत अस्थायी इजलास वीरगन्ज ले शुक्रबार सुनाएको आदेशमा महानगरपालिकालाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कर संकलन नगर्न स्पष्ट निर्देशन दिएको छ। न्यायाधीश अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेल को संयुक्त इजलासले राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारी साधनबाट कर उठाउन नपाइने आदेश जारी गरेको हो।

यो मुद्दा प्रभु कन्स्ट्रक्सन ले वीरगन्ज महानगरपालिका लाई विपक्षी बनाउँदै वैशाख ४ गते दायर गरेको निषेधाज्ञा निवेदनसँग सम्बन्धित थियो। निवेदनमाथिको सुनुवाइपछि अदालतले महानगरले कर उठाउँदै आएका १८ स्थानमध्ये १३ स्थान—विशेषतः राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्ग क्षेत्रमा पर्ने स्थानहरूमा—कर संकलन तत्काल रोक्न आदेश दिएको हो।

सांसद पन्तले महानगरले कानुनविपरीत आफ्नो क्षेत्राधिकार नाघेर सवारी साधनबाट कर असुल्दै आएको भन्दै बारम्बार आपत्ति जनाउँदै आएका थिए। उनले सर्वोच्च अदालत का आदेश, मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालय का निर्देशनहरू समेत बेवास्ता गरिएको आरोप लगाउँदै सम्बन्धित निकायलाई सचेत गराएका थिए।

उनकै पहलपछि स्थानीय प्रशासन सक्रिय बनेको थियो र विषय अदालतसम्म पुगेको हो। यो निर्णयले कानुनी शासनको प्रत्याभूति दिलाउनुका साथै सर्वसाधारणलाई अनावश्यक आर्थिक भारबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

यस मुद्दामा निवेदक प्रभु कन्स्ट्रक्सनका तर्फबाट अधिवक्ता सुधीर कर्ण र अभिनय गुप्ता ले बहस गरेका थिए भने महानगरपालिकाका तर्फबाट अधिवक्ता ईश्वर बराल ले पैरवी प्रस्तुत गरेका थिए। सांसद पन्तका तर्फबाट अधिवक्ताहरू मेराज मियाँ र चन्द्रिका प्रसाद पटेल ले बहस गरेका थिए।

सार्वजनिक सरोकारको विषय भएकाले सांसद पन्त स्वयं पनि अदालतमा उपस्थित भई इजलाससमक्ष आफ्ना धारणा राखेका थिए। उनको प्रत्यक्ष उपस्थितिले मुद्दाको गम्भीरता र जनहितप्रतिको प्रतिबद्धता झल्काएको कानुन व्यवसायीहरूले बताएका छन्।

यस आदेशलाई स्थानीय स्तरमा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ, जसले स्थानीय तहको कर अधिकारको सीमालाई स्पष्ट पार्दै नागरिकको अधिकार संरक्षणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८३ बैशाख ११,शुक्रबार
“कानु युथ वीरगन्ज” नामक संस्थाले आर्थिक रूपमा विपन्न एक परिवारलाई  खाद्यान्न सामग्री सहयोग
धर्म

“कानु युथ वीरगन्ज” नामक संस्थाले आर्थिक रूपमा विपन्न एक परिवारलाई खाद्यान्न सामग्री सहयोग

प्रकाशित : २०८३ बैशाख ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद